नेपाल वायुसेवा निगमद्धारा जापानका लागि अगस्त महिनामा नियमित उडान गर्ने तयारी गरेको छ ।
चार प्रकारका भिसा हुनेहरुका लागि अगस्त १९ तारिकमा काठमाण्डाै नारिता जापान र अगस्ट २० तारिकमा नारिता काठमाण्डौ उडान गर्ने तयारीमा रहेको सुमेघ ट्राभल्सले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
हालका लागि जापानको स्थायी बसोबास अनुमति पिआर अर्थात् एइज्यु भएको व्यक्ति Permanent residence (PR), स्थायी बसोबास अनुमति पिआर अर्थात् एइज्यु भएको श्रीमान श्रीमति Permanent resident spouse, लामो अवधिको बसोबास अनुमति प्राप्त अर्थात् तेइज्यु भएका व्यक्ति Long-Term resident (teizu), लामो अवधिको बसोबास अनुमति प्राप्त अर्थात् तेइज्यु भएका श्रीमान श्रीमति Long-Term resident spouse ) हरुलाई मात्र जापान प्रवेशमा अनुमति दिइने छ ।
नेपाल सरकार र जापान सरकारको कोभिड- १९ को नियमालाई कडाइका साथ पालना गर्दै हवाई यात्रा गर्न पाइने भएको हो । जापान आइसकेपछि जापान सरकारले तोकिएको क्वारेंटिनमा १० दिन र ४ दिन आफनै घरमा होम क्वारेंटिन गरी १४ दिन अनिवार्य क्वारेंटिन बस्नुपर्ने छ ।
त्यसैगरि जापानबाट काठमाण्डौ जाने नेपाली यात्रुले नेपाल सरकारले तोकिएको क्वारेंटिनमा ७ दिन मात्र बसी आफ्नो गन्त्वयमा जान पाइनेछ । भ्यक्सिनको पुरा डोज लगाएका यात्रुले भने प्रमाण देखाएमा सिधै गन्तव्यमा जान पाइने छ। तर किरीया पुत्रीहरूको हकमा मृत्यु प्रमाणपत्र पेश गरेमा सिधै आफ़नो गन्तव्यमा जान सकिने बताइएको छ।
हालको लागि तोकिएका व्यक्तिलाई अनुमति दिइएपनि त्यो संख्या जापानमा निकै न्यून रहेको छ । पहिलो पटक भिषा पाएकादेखि जापान प्रवेशको स्वीकृति पत्रपछि भिषा आवेदन दिएर उडान स्वीकृतिको पर्खेको संख्या १० हजार बढि रहेको बताइन्छ । यसका लागि नेपाली राजदूतावासले कूटनीतिक प्रयास मार्फत पहल थाल्नुपर्ने देखिन्छ ।