एनआरएनएको छविलाई उचाइमा पुर्याउन रामु कंडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी

-


     जनहित न्युज    
     श्रावण ९ गते २०८०


गैर आवासीय नेपाली संघ जापानमा युवाशक्तिलाई सामाजिक कार्यमा रूपान्तरण गर्ने प्रतिबद्धतामा मेरो सहभागिता भन्ने मान्यताका साथ चितवनका रामु कंडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।

लामों समयदेखि व्यावसाय गर्दै सामाजिक कार्यमा तल्लिन कंडेललेसमाजको मनोविज्ञानलाई आफूले राम्रोसंग बुझेकोले एनआरएनएको छविलाई उचाइमा पुर्याउन र युवापिढी सामाजिक कार्यमा अग्रसर गराउनका लागि सदस्यमा उम्मेदवारी दिएको बताए ।

‘मेरो हालसम्मको अनुभवलाई एनआरएनए जापानको कार्यसमितिमा रहेर उपयोग गरि संघलाई जापान स्थित नेपाली समुदायको अभिभावकीय संस्थाको रुपमा विकसित गराउन मैले उम्मेदवारी दिएको हुँ ।’ सदस्य पदका प्रत्यासी कंडेलले भने-“पदाधिकारीमा रहेर कार्य गर्न सक्ने क्षमता रहेपनि निरन्तर एनआरएनएको अभियानमा क्रियाशीलहरुलाई सम्मान गर्दै उनीहरुको कार्यमा सहयोग पुर्याउनका लागि सदस्य पदमार्फ़त सामाजिक क्रियाकलापमा आउने सोच रहेकाले सबैले साथ दिन अनुरोध गर्दछु।”

एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकाल २०२३-२०२५ को लागि जुलाई २९ तारिक अधिवेशन तथा निर्वाचन ३० तारिक हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?