गलकोट समाज यूकेको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा भोजराज कँडेल

-


     जनहित न्युज    
     भाद्र ९ गते २०७८


लन्डन- बाग्लुङको गलकोटमा जन्मभूमि भै विभिन्न पेशा,व्यावसाय अध्ययनका लागि बेलायतवासी गल्कोटेहरुको संस्था ’गलकोट समाज यूके’ को तेस्रो अधिवेशन सम्पन्न भएको छ ।  

मंगलबार मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रोमिचमा सम्पन्न अधिवेशनबाट निवर्तमान कार्यसमितिका उपाध्यक्ष भोजराज कँडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।  

अधिवेशनले समाजको उपाध्यक्षमा गोविन्दराम कंडेल र चन्द्र साहनी, महासचिवमा विष्णु चालिसे, सचिवमा सुजन गौतम, कोषाध्यक्षमा गंगाधर र सहकोषाध्यक्ष लाल थापा निर्वाचित गरेको छ ।

त्यस्तै, सदस्यहरुमा डा.पुष्प उप्रेती,डिलाराम गैरे, तेजबहादुर भण्डारी,राजु बोहोरा,राजु सापकोटा,अमरनाथ गैरे, धनबहादुर केसी, राम थापा, किसान खत्री, सिता खराल,नगेन्द्र खड्का, सुरेश परियार,दशरथ खरेल,सुरेश भण्डारी, मोती सुवेदी, अशोक बुढाथोकी, हरि घर्ती र नारायण खरेल छन् ।  

रेशम बुढाथोकीको संयोजकत्वमा रहेको चार सदस्यीय निर्वाचन समितिले सर्वसम्मत रूपमा नया कार्यसमिति चयन गरेको थियो ।

यसअघि अधिवेशनले मिडल्यान्डमा एक, लन्डन र वेल्सको लागि एक तथा स्कटल्यान्ड र आयरल्यान्डलाई एक गरी तीन क्षेत्रीय समिति गठन गर्ने निर्णय समेत गरेको छ ।  तीन वटै क्षेत्रीय समितिहरु केन्द्रीय समितिका उपाध्यक्षहरुले संयोजन गर्ने समेत योजना बनाइएको नवनिर्वाचित महासचिव चालिसेले जानकारी दिए ।  

नवनिर्वाचित कार्यसमितिको घोषणापछि निवर्तमान कार्यसमितिका अध्यक्ष राजु कंडेलले बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए । 

त्यस्तै, नवनिर्वाचित कार्यसमितिका तर्फबाट अध्यक्ष कंडेलले संस्थालाई थप उचाइमा पुर्‍याउने गरी काम गर्ने प्रतिवद्धता गरेका थिए ।

बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट आएर बेलायतमा बसेका गल्कोटेहरुले सन् २०१६ मा गल्कोट समाज यूके स्थापना गरेका हुन् ।  

समाजले स्थापनाका शुरुवाती वर्षहरुमै बाग्लुङ तथा देशका अन्य स्थानमा समेत थुप्रै परोपकारी कामहरु गरिसकेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?