एनआरएनए आइसिसी युवा संयोजकमा बागलुङ गलकोटका मिलन छन्त्यालको उम्मेदवारी घोषणा

-


     जनहित न्युज    
     भाद्र ९ गते २०७८


आयरल्याण्ड । गैर आवासीय नेपाली संघ आयरल्याण्डका निवर्तमान अध्यक्ष मिलन छन्त्यालले आगामी अक्टोवरमा हुने निर्वाचनमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन ।

बागलुङ ताराखोला गाऊँपालिका भुस्क़ातका छन्त्यालले आगामी कार्यकाल २०२१-०२३ को लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन ।

उनले संस्थाका अग्रज, अभियन्ता तथा आत्मिय मित्रहरुको आन्तरिक परामर्शमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।

उनले संसारभरी छरिएर रहेका सम्पूर्ण युवाहरुलाई गैर आवासीय संघ प्रति गोलबन्द गराउदै संस्थालाई हुने खानेबाट हुँदा खानेको पहुँचमा रुपान्तरण गराउने तर्फ आफ्नो विशेष ध्यान जाने बताए ।

No description available.

छन्त्यालले युवाहरुले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि मुलकुको आर्थिक सम्मृद्धिमा लगाउने कार्यमा सहयोगी भूमीका खेल्ने बताए । आफूले युवाहरुको सवालमा विभिन्न एजेन्डाहरु चाँडै सार्वजनीक गर्ने पनि बताए ।

अन्तरास्ट्रिय सम्मेलन तथा महाधिबेशनको लागि विभिन्न देशहरुबाट चयन हुनु भएका सम्पूर्ण प्रतिनिधिहरुको समर्थन र सहयोगको अपेक्षा पनि गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?