
जुन २३ को रातमा, सान खुआन फेस्टिवल भनेर चिनिने समर संक्रांन्ति आज स्पेनभर मनाईएको छ ।
सान खुआन, वा सेन्ट खोन्स, पर्व दिन हरेक वर्ष जुन २४ मा पर्छ, तर यो सेन्ट खोन्सको पूर्वसन्ध्यामा, जुन २३ तारिखको मध्य रातमा मनाउने गरिन्छ । देशभरका समुद्र तटहरूमा अत्याधिक गर्मिलाई स्वागत गदैं मनाईने यो एक स्पेनीस उत्सव हो ।
धेरैजसो स्पेनीस मानिसहरूले सेन्ट खोनको बोनफायरलाई गर्मीको साँचो सुरुवातको रूपमा लिने गर्दछन् । जुन महिना बाट घुमफिरको समय सूरुवात भएको तथा पार्टिको लागि समय सुरुवात भएको सकेंत यो उत्सवले दिने गर्दछ । धेरैजसो स्पेनिश मानिसहरूले सान खुआनको बोनफायरलाई गर्मीको साँचो सुरुवातको रूपमा चिन्छन् ।
यो उत्सवको बिशेष गरि समुद्रको किनारमा आगो लगाउने गरिन्छ । आगो लगाउनुको आफ्नै मौलिक तथा पौराणिक मान्यता समेत रहेको छ । सेन्ट खुआनको बोनफायरहरू समुद्र तटहरूमा जलाउदा सान खुआनको बोनफायरहरूले दुष्ट आत्माहरूबाट बचाउन, तथा सुरक्षा गर्छ भन्ने बिश्वास समेत रहेको छ ।
केही मानिसहरूले परिवारसँग सान खुआनको बोनफायरहरू मनाउँछन् भने कोही साथीहरूसँग, र कोहीले समुद्र तटमा नयाँ साथीहरू बनाएर त्यहाँ सबै खाना, पेय पदार्थ लैजाने र समुह समुहमा खाने र संगीतमा रमाउने गर्दछन् । केही स्थानहरू यी उत्सवहरूको लागि अरूहरू भन्दा व्यस्त हुन्छन् किनकी स्पेनको सबैभन्दा लोकप्रिय चाडहरू मध्ये एक, भएकोले अत्याधिक भिडभाडका बिच पर्ब मनाउने प्रचलन छ ।
केही मानिसहरू अझै पनि विश्वास गर्छन् कि स्पेनमा मिडसमर एक जादुई रात हो जसमा प्राचीन मूर्तिपूजक देवताहरू मानिसहरूको नजिक छन् । यो धेरै अनुष्ठानहरूको मूल भएकोले मानिसहरू अझै पनि सान खुआन उत्सवको रातमा अनिवार्य भाग लिने गर्दछन् ।
परम्पराहरू देशभर भिन्न हुन्छन्, तर आगो–जम्पिंग व्यापक छ र सूर्यलाई बलियो बनाउन वा तपाईंको समस्याहरू जलाउन र राम्रो भाग्य ल्याउनको लागि यो पर्वमा आगो बाल्ने गरिन्छ । विगतबाट मुक्ति र भविष्यको लागि आशाको प्रतीकको रुपमा मनाईने सान खुआन उत्सवमा आगो जम्पीङ पछि आफ्ना इच्छाहरू पूरा हुने अपेक्षा सहित पौडी खेल्न समुद्रमा दौडीने प्रचलन छ । कतिपय ठाँउमा मध्य रात अगाडि समुन्द्रमा पौडीने वा खुट्टा समुन्द्रको पानिमा डुवाउने र बोनफाएर पछि सास्कृतिक कार्यक्रममाा रमाउने प्रचलन समेत छ ।
यो रात भर समुन्द्रका तटहरुमा सास्कृतिक कार्यक्रम संचालन हुने गर्दछन् । यसै बिच आज स्पेनको काल्पे स्थित समुन्द्रको तटमा हर्ष उत्साहका साथ पर्व सम्पन्न भएको छ ।
स्पेनको समुद्र तटहरूमा आगो लागाई पटका तथा अतिसबाज पड्काई समुद्र तटमा उत्सवको आनन्द लिन चाहनेहरूका लागि हटस्पट समेत मानिने यो एउटा स्पेनको सँस्कृति हो ।