People walk by the Paralympic symbol in Tokyo Tuesday, Aug. 24, 2021. (AP Photo/Koji Sasahara)
जापानमा क़ोरोना भाइरस कोविड-१९ को संक्रमण दिनानुदिन बढ्दै गैरहेकोकोले थप ८ वटा प्रिफ़ेक्चरहरुमा आपतकाल घोषणा गर्नका लागि छलफल चलाईएको छ ।
आपतकाल थप गर्ने योजनाका लागि प्रिफ़ेक्चरहरुमा होक्काईदो, मियागी, गिफु, आइची, मिइ,शिगा, ओकायामा र हिरोशिमा रहेको जापानी समाचार माध्यमहरुले जनाएका छन ।
जापानभरिमा दैनिक औषतमा २० हजारभन्दा माथि कोरोना संक्रमित भैरहेको अबस्थामा त्यसको नियन्त्रणका लागि भन्दै सरकारले आपतकाल लगाउदै आएको छ ।
यसअघि पनि टोकियो सहित चिवा, साइतामा, खानागावा, ओकिनावा,ओसाका, इबाराकी,तोचिकि, गुन्मा,सिजुओका, क्योतो, हयोंगो र फुकुओका गरि १३ प्रान्तमा आपतकाल र १६ प्रान्तमा अर्ध आपतकाल लगाउदै आएको छ ।
आपतकाल थप गरि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरि संक्रमणलाई नियंत्रणमा राखिराख्नका लागि प्रान्तहरुले केन्द्र सरकारलाई आग्रह गरेपछि प्रधानमन्त्री सहित सरोकारवाला निकायसँग छलफल गरि आवश्यक निर्णय लिने अधिकारीहरुले बताएका छन ।
मंगलबार पनि जापानभरिमा संक्रमित हुनेको संख्या २१ हजार ५ सय ७० रहेको छ । राजधानी टोकियोमा ४२२० नया संक्रमितहरु थपिएका छन भने देशभरिमा मृत्यु हुनेको संख्या ४२ जना रहेको बताइएको छ ।