![](https://janahitnews.com/wp-content/uploads/2023/06/IMG_0984.jpeg)
जापानको उत्तरी मुख्य टापु होक्काइडोमा आइतबार बस र ट्रक एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
दक्षिणी होक्काइडोको याकुमोमा रुट ५ मा स्लो कर्भमा बिहान भएको दुर्घटनापछि करिब एक दर्जन व्यक्तिलाई अस्पताल लगिएको थियो। दुबै सवारी साधनका चालकसहित ५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
बस सञ्चालक होकुटो कोत्सु इन्कका अनुसार १८ यात्रु बोकेको राजमार्गको बस बिहानै सापोरोबाट हाकोदातेतर्फ गइरहेको थियो। सापोरोस्थित कम्पनीले बस चालक ६४ वर्षीय ताकायुकी कोजेन रहेको जनाएको छ ।
दुवै सवारीसाधन एक आपसमा ठोक्किएको प्रहरीको अनुमान छ । ट्रकको अगाडिको भाग फुटेको छ भने बसको चालक सिट वरपरको भागमा पनि ठूलो क्षति पुगेको छ ।