जानी राख्नुहोस जापानीहरुको स्लिम र सुन्दरताको रहस्य

-


     जनहित न्युज    
     असार १ गते २०८०


पश्चिमा क्षेत्रमा जापानी हरु कहिल्यै मोटाउँदैनन् भन्ने भनाई छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

जापानीको औसत आयु ८४ वर्ष छ । यसमा उनीहरुको संस्कार र सभ्यता मात्र होइन खानपानको शैलीको पनि ठूलो भूमिका छ।आज हामी जापानीहरु स्लिम र सुन्दर हुनुको रहस्य बारे जान्नेछौं ।

जापानीको खाना खाने संस्कार कुनै समारोहभन्दा कम हुँदैन । खाना खानुअघि उनीहरु ताली बजाउँछन् र टाउको झुकाएर भोजनप्रति कृतज्ञता व्यक्त गर्छन् ।

जापानीहरुको ब्रेकफास्टमा दिनकै सबैभन्दा धेरै खाना खान्छन् । पारम्परिक जापानी ब्रेकफास्टमा स्टिम्ड राइस, चिया, तरकारी, मिसो सुप, प्रोटिन, अण्डा माछा, र विविध किसिमका साइड डिस हुन्छन् ।

एउटा मात्रै खाना धेरै खानुभन्दा पनि उनीहरु विभिन्न परिकार थोरै थोरै मात्रामा खाने गर्छन् । यसमा अलि अलि प्राय सबै पोषण तत्वहरु मिसिएको हुन्छ ।

नेपालमा जस्तै जापानी खानामा पनि चामल प्रमुखमै पर्छ । जापानीहरु भात हरेक पटक जसो खान्छन् । कहिलेकाँही स्न्याकका रुपमा पनि भात खाने चलन छ ।

भातजस्तै सिफुड पनि जापानी खानाको महत्वपूर्ण पक्ष हो । टोकियोस्थित त्सुकिजी बजार सिफूडका लागि विश्वकै सबैभन्दा ठूलो थोक बजार हो ।

जापानमा खाना बनाउँदा तेलको प्रयोग एकदमै कम गरिन्छ । प्रायजसो जापानी खाना स्टिुयड, ग्रिल्ड गरिन्छ । खाना छिटो पाकोस् र त्यसमा भएको पोषक तत्व खेर नजाओस् भनेर तरकारी तथा मासुहरु एकदमै पातलो गरेर काटिन्छ ।

खानेकुरा पचाउन सजिलो होस् भनेर जापानी खानाहरु एकदमै सरल प्रकारका सिजनिङ गरिन्छ ।

जापानी खाना नै सुन्दरताको मुख्य कारण मानिएको छ । त्यसवाहेक अत्यधिक परिश्रम गर्ने बानीका कारण जापानीहरु धेरै मोटो हुँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?