एमसीसी सहमति नभइ टेबल भए सरकारबाट बाहिरिने माओवादी निर्णय  

-


     जनहित न्युज    
     फागुन ४ गते २०७८


काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी संसदमा लगिए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको छ ।

माओवादी प्रमुख सचेतक देव गुरुङ भन्छन्, ‘एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिंदैन । जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने निर्णय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?