
आज (शनिबार) देशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ।
प्रदेश १ र मधेस प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सफा रहेको छ।
प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ।

त्यसैगरी आज राति प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने; नदीतटिय क्षेत्रका कार्य सजगताको साथ गर्न सकिने र आज संखुवासभा, पर्वत, स्याङ्जा र आसपास भई बहने केही स-साना नदीहरुमा आकस्मिक वहाव (Flash Flood) हुन सक्ने नेपाल बाढि सूचनाले जनाएको छ ।

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार साेमाबारसम्म मौसम यस्तो रहने अनुमान:
आइतबार
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ।
प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सोमबार
दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।
प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश, गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र वाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ ।
प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



