जापान । गम्भिर आर्थिक घोटालामा मुछिनुभएका गैर आवासिय नेपालीसंघ जापानका अध्यक्ष देविलाल भण्डारीलाई तत्काल राजिनामा दिन कार्यसमितिकै बहुमत सदस्यले माग गरेका छन् ।
जुन ९ तारिख बुधवार लेखिएको पत्रमा निष्पक्ष छानबिन गरि पाउँ भन्दै निवेदन पठाईएको छ । सामाजिक संजाल लागयत बिभिन्न मिडियाहरुमा देखिएकागम्भिर आर्थिक घोटालामा मुछिनुभएका गैर आवासिय नेपालीसंघ जापानका अध्यक्ष देविलाल भण्डारीलाई तत्काल राजिनामा दिन कार्यसमितिकै बहुमत सदस्यले माग गरेका छन् ।
जुन ९ तारिख बुधवार लेखिएको पत्रमा निष्पक्ष छानबिन गरि पाउँ भन्दै निवेदन पठाईएको छ । सामाजिक संजाल लागयत बिभिन्न मिडियाहरुमा देखिएका आरोपहरुप्रति सिंगो कार्यसमिति दुखित भएको जनाउँदै कार्यसमितिका अधिकाशं पदाधिकारी तथा सदस्यहरुले स्पष्ट पार्न पटकपटक आग्रह गर्दा समेत स्पष्ट नपारि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बाचा गरेको उल्लेख छ । तर पत्रकार सम्मेलनमा कुनै ठोस प्रमाण दिन नसकेको स्वयं एनआरएनए पदाधिकारीहरुको हस्ताक्षरित पत्रमा उल्लेख छ ।
अध्यक्ष भण्डारीका कारण समग्र एनआरएनए जापान प्रति भएका नकारात्मक टिका टिप्पणीहरु प्रति सम्पूर्ण कार्यसमिति अछुतो रहन नसकेको र सबैलाई असहज परिस्थितिमा पुर्याएको पदाधिकारीहरुले बताएका छन् । के समाज सेवाको नाममा भएका सम्पूर्ण कार्यहरु नितान्त समाजसेवामा समर्पित छन् त ? भन्ने प्रश्नले हामीलाई निरन्तर घोचीरहेको छ। पत्रमा लेखिएको छ समाज सेवाको नाममा कमाउधन्दा भैरहेको त छैन ? मृतक र उसका परिवार माथि भएका आर्थिक घोटालाका समाचारले दुःखी बनाएको बताउँदै संलग्नता नभए कसरी अध्यक्ष भण्डारीमाथि आरोप आयो ? भनि प्रश्न गरिएको छ । आफुमाथि आरोप आईरहँदा समेत ३ बर्षसम्म पिडित पक्षलाई जवाफ र स्पष्ट हिसाब दिन नसकेको आरोप अध्यक्ष भण्डारीमाथि लगाउँदै कार्यसमिति सदस्यहरुको पत्रमा नेपाली राजदूतावास एनआरएनए जस्ता संस्थामा निबेदन दिंदा समेत सुनुवाई हुन नसकेकोमा गम्भिर प्रश्न खडा भएको उल्लेख छ ।
बहालवाला जिम्मेवार पदमा बसेको व्यक्तिलाई पद दुरुपयोगको आरोप लागिरहँदा यो व्यक्तिगत हुन नसक्ने बताउँदै जुन ६ मा उच्चस्तरिय छानबिन समितिको प्रतिबेदनमा समेत २०१९-२०२१ को बर्तमान कार्यसमिति समेत आर्थिक हिनामिनामा दोषि ठहर गरिएको तर कहाँ कसले कुन शिर्षकमा भने स्पष्ट नखुलाउँदा समग्र एनआरएनए कार्यसमिति शंकाको घेरामा तानिएकाले यस्ता विषयहरु स्पष्ट पार्न अनुरोध गरिएको छ ।नैतिकताको आधारमा अध्यक्ष देबिलाल भण्डारीले गैर जिम्मेवार कार्य गरेकाले आफ्नो पदबाट राजिनामा दिएर निष्पक्ष छानबीनका लागि मार्ग प्रसस्त गर्न कार्यसमिति सदस्यहरुले पत्रमा स्पष्ट रुपमा माग गरेका छन् ।
पत्रको सम्वोधन गैर आवासिय नेपाली संघ केन्द्रका अध्यक्ष कुमार पन्तलाई सम्वोधन गर्दै बोधार्थ नेपाली राजदूतावास जापान तथा राजूत प्रतिभा राणा, एशिया क्षेत्र संयोजक गोबिन्द श्रेष्ठ, एसिया क्षेत्र उपसंयोजक पारशमणी पोखरेल र स्वयं अध्यक्ष देबिलाल भण्डारीलाई सम्बोधन गरि लेखिएको छ ।पत्रबारे जानकारी माग्दा बरिष्ठ उपाध्यक्ष अनिता गुरुगले एकजना व्यक्तिले गर्दाखेरी एनआरएनए जापान सहित समग्र पदाधिकारीहरुको शिर नुहेको भन्दै जो गम्भिर आरोपमा मुछिएको छ उसले तत्काल राजिनामा दिएर संस्थाको शाख गिर्नबाट जोगाउनुपर्ने बताउनुभयो ।बरिष्ठ उपाध्यक्ष गुरुगंले भन्नुभयो मंगलबार भएको हाम्रो कार्यसमिति बैठकमा पनि हामीले उहाँलाई तत्काल राजिनामा दिन भनेका छौं, हामी सबैको एउटै माग छ तत्काल राजिनामा दिएर संस्थालाई बदनाम हुनबाट जोगाईदिनुस् र आफुमाथि लागेको आरोपको सत्यतथ्य बाहिर ल्याउन छानबिन होस् ।
पत्रमा वरिष्ठ उपाध्यक्ष गुरुगं, उपाध्यक्ष लक्ष्मण बानिया, उपाध्यक्ष सबिता श्रेष्ठ, उपाध्यक्ष नबिन निउरे, उपाध्यक्ष दिपक कार्की, सचिव विष्णु प्रसाद घिमिरे, सचिब टिकाराम खरेल, सचिब बिकास बस्नेत, कोषाध्यक्ष कालिका थापा, सह कोषाध्यक्ष सचिन श्रेष्ठ, युवा संयोजक राम थापा अनिल, सदस्य सुपेन्द्र घिसिगं, सदस्य राजेश खनाल, सदस्य जिबन गुरुगं, सदस्य बाबुराम खरेल, सदस्य डिलाराम गैरे, सदस्य सिबु थापा, सदस्य महेश कुमार कट्वाल, सदस्य अन्जु भण्डारी, सदस्य शुरेस गिरी, सदस्य राम खड्का र सदस्य नृप बहादुर बुढाले हस्ताक्षर गर्नुभएको छ ।
भ्रष्टाचार छानविन माग गर्नेकै हस्ताक्षर छैन
रोचक कुरा के भने एनआरएनए जापान भित्रको भ्रष्टाचार काण्डको विषय बाहिर ल्याउँदै छानविन गर्ने पहिलो व्यक्ति हुन् सिद्धार्थ श्रेष्ठ । जो एनआरएनए जापानको प्रवक्त समेत छन् । तर गम्भिर भ्रष्टाचारको आरोप लागेपछि बहुमत कार्यसमिति सदस्यले राजिनामा र थप स्पष्ट छानविन सहित कारवाही माग गरिएको पत्रमा श्रेष्ठको हस्ताक्षर छैन । यस बारे श्रेष्ठको प्रतिक्रिया भने जापानसमाचारले जुन १० तारिख प्रकाशित गर्नेछ ।श्रेष्ठ मात्र होईन एनआरएनए जापानको महासचिव रहेका जनकबिक्रम शाही, उपाध्यक्ष नारायण खड्का, महिला संयोजक संगीता अधिकारी सुवेदी, सदस्यहरु कृष्ण खनाल, श्याम खड्का र रामकृष्ण श्रेष्ठको हस्ताक्षर छैन ।यो समाचार जापान समाचार अनलाइनबाट साभार गरिएको हो ।