समृद्धि,समावेशिता,समुहिकता र संस्थागत सुदृढिकरणका लागि मेरो उम्मेदवारीको मान्यताका साथ गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सचिव पद(२०२१-२०२३)मा उम्मेवदारी दिएका ओम गुरुङको पक्षमा माहोल सृजना भएको छ ।
जापानमा रहेर सन २००८ देखि एनआरएनएको अभियानमा लागेका गुरूङले पटक पटक एनआरएनए जापानको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका र आफ्नो अनुभवलाई आइसीसीमा उपयोग गर्ने दृढ़ताका साथ लागेकोले सचिव पदमा आफूले दिएको उम्मेदवारीको पक्षमा राम्रो माहोल सृजना भएको बताउछन ।
जापानमा रहेर बिभिन्न सामाजिक संघ संस्थामार्फ़त नेपाल र नेपालीको लागि सामाजिक क्रियाकलापमा निरन्तर रूपमा लागेको र अझै आफ्नो क्षमता योग्यता र अनुभवलाई सोही क्षेत्रमा लगाउने मेरो प्रतिवद्दतालाई एनआरएनएको अभियानमा लागेकाहरूले ऊर्जा र हौसला प्रदान गर्दै सहयोग गर्ने बताएकाले आफ्नो जीत सुनिश्चित रहेको गुरुङको दाबी छ ।
आफू एनआरएनए आईसीसीमा केवल पद ओगटनका लागि नभई संस्थाको संस्थागत विकासमा सहयोग पुर्याउने र एनआरएनएलाई वास्तविक समावेशीताको सिद्धान्त अनुरूप अगाडी बढ़ाउनका लागि मुख्यरूपमा केन्द्रित रहि कार्य गर्ने गुरुङको भनाइ छ ।
संस्थामा नीति र विधी प्रधान रूपमा संचालन हुनुपर्ने आफ्नो मान्यतालाई आत्मसात गर्दै सोही अनुरूप एनआरएनएका हरेक गतिविधि र कार्यक्रम संचालनमा जोड दिनका लागि पनि आफूलाई जिताएर सहयोग गर्नका लागि सम्पूर्ण एनआरएनएका अभियन्ताहरूमा आग्रह गरेका छन ।