मेरो लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि भन्ने मान्यताका साथ बागलुङ गलकोटका थमबहादुर क्षेत्रीले एनआरएनए जापानको आगामी कार्यकालको लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनए जापानलाई सबैको साझा संस्थाको रूपमा विकास गराउन समानुपातिक सहभागीतामा जोड दिदै क्षेत्रीले आफू लामो समयदेखि सामाजिक सेवा सक्रिय रहेकोले अझ ऊर्जाका साथ क्रियाशील हुनका लागि उम्मेदवारी घोषणा गरेको बताए ।
बिगत ५ वर्षदेखि निलुवा समाज चमुवा जापानको सचिव र हाल अध्यक्ष तथा गल्कोट समाज जापान केन्द्रीय कार्यसमितिमा सदस्यको रूपमा संस्थामा जोड़िएर समाजका बिभिन्न क्रियाकलापमा सक्रियतापूर्वक संलग्नता रहेको उल्लेख गर्दै क्षेत्रीले जापानमा कार्यरत रहदा मानवीय सहयोगका कार्यमा नेतृत्वदायी भूमिकामा रहेर कार्य सम्पादन गरिरहेकोले आगामी दिनमा यसै कार्यलाई निरन्तरता दिनका लागि आफूलाई विजयी गराइदिनको लागि जापानबासी नेपालीहरूलाइ आग्रह गरेका छन ।
क्षेत्रीले सामाजिक संजालमार्फ़त उम्मेदवारी घोषणा गर्दै गरेको आग्रह जस्ताको तस्तै
सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा मेरो हार्दिक नमस्कार 🙏
NRNA जापान को आगामी कार्यकाल 2021-2023 को लागि म थम ब क्षेत्रीले राष्ट्रिय समन्वय परिषद जापानकोकेन्द्रीय सदस्य पदमा उमेद्ववारी दिएको ब्यहोरा यहाँहरु सबैमा अवगत गराउन चाहन्छु । नया जोश जागर र ऊर्जाका साथ मेरो लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि मैले मेरो उमेदवारी प्रस्तुत गरेको छु ।
मेरो उम्मेदवारी किन र के का लागि
- बिगत ५ वर्षदेखि निलुवा समाज चमुवा जापानको सचिव र हाल अध्यक्ष तथा गल्कोट समाज जापान केन्द्रीय कार्यसमिति सदस्यको रूपमा संस्थामा जोड़िएर समाजका बिभिन्न क्रियाकलापमा सक्रियतापूर्वक संलग्नता
- जापानमा कार्यरत रहदा मानवीय सहयोगका कार्यमा नेतृत्वदायी भूमिकामा रहेर कार्य सम्पादन
- एनआरएनए जापानलाई सबैको साझा संस्थाको रूपमा विकास गराउन समानुपातिक सहभागीतामा जोड
त्यसैले यदि मलाई यहाँहरु सबैले बिश्वास गरेर , अमूल्य मत दिएर एनआरएनएको अभियानमा सक्रिय रहने मौका प्रदान गरिदिनु भएमा संस्थालाई कसैको रिमोट कन्ट्रोलबाट कठपुतली बनेर होइन,सगरमाथा झै खम्बिर भएर संस्थाको विधानमा रहि जापानबासी नेपालीहरुको एकता ,मर्म र भावनालाई केन्द्र बिन्दुमा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनए जापानको आगामी कार्यकाल २०२१-२०२३ को सदस्य पदमा मतदान गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
थम बहादुर क्षेत्री
सदस्य पदको उम्मेदवार
एनआरएनए जापान २०२१-२०२३