जापान-एनआरएनए जापानमा भएका कमजोरी र गलत प्रवृत्तिका बिरुद्द आवाज उठाउने संकल्पका साथ राजेश खनालले आगामी कार्यकाल २०२१-२०२३ को लागि युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन ।
वर्तमान कार्यसमितिमा सदस्यका रूप रहेका खनाल संस्थामा रहेरै त्यसभित्रको सुधार गर्न सकिने भएकोले आफूले युवा संयोजक पदमा उम्मेदवारी दिएको बताउछन ।
कार्यसमितिको सदस्य हुदा समयले साथ दिएसम्म आफूले राम्रो गर्ने प्रयास गरेको तर त्यहाभित्र केहि खराबी मौलाउदै गएको आफूले पाएकोले त्यस्तो प्रवृतिसँग जुधनको लागि पनि युवा समयोजक पद अपरिहार्य देखिएकोले सहयोग गर्न सबैसँग आग्रह गरेका छन ।
गलत प्रवृति हरुलाई पराष्त गर्दै दु:ख आपत परेका बेला सहयोगमा जुटी अझ आहत ,भरोषा आत्मियताको संगठन र छबि निर्माण गर्नु पर्ने आफ्नो कर्तव्य समझेको उम्मेदवारी घोषणा गर्ने क्रममा सामाजिक संजालमा खनालले उल्लेख गरेका छन ।
बिगतको अनुभवबाट केहि गर्न सक्छु भन्ने आत्माविश्वास बढ़ेकोले सबैको अनुरोधमा उक्त पदमा उमेदवारी दिएको हुदा जापानमा नेपालीलाई आइपर्ने समस्याको समाधानका निम्ति तन, मन, र धनले लागिपर्ने विश्वास व्यक्त गरेका छन ।