
जापानको हिरोशिमा प्रान्तमा जापानी भाषा अध्ययन गर्न आएका तीन जना नेपाली विद्यार्थीले रेल ट्र्याकमा फसेका एक वृद्ध जोडीको ज्यान बचाउन सफल रहेको भन्दै त्यहाको स्थानीय प्रहरीले प्रशंसा पत्र सहित सम्मान गरेको छ ।
गत मे ९ मा हिरोसिमा प्रान्तको काइता शहरमा रहेको व्यावसायिक विद्यालयमा भर्ना भएका नेपाली विद्यार्थीहरू २३ वर्षीय सचिन, सुमन र निराजले ७० दशकका वृद्धालाई पार्क नजिकैको रेल्वे ट्र्याकमा फ़सेका उनीहरूलाई बोकेर ट्र्याक पार गराइ बचाउन सफल रहि प्रशंसनीय कार्य गरेकोले सम्मानित गरिएको प्रहरीले जनाएको आरसीसी न्यूजले जनाएको छ ।

विद्यालय भर्ना भएको एक हप्ता पछि ती तीन जना नेपाली विद्यार्थीहरू विद्यालयको छात्रावास नजिकैको पार्कमा रहेको अवस्थामा सहयोगको अपेक्षासहितको निराशपूर्ण महिलाको आवाज सुनेपछि दौडेर पार्कको छेउमा पुग्दा एक वृद्ध जोडी रेलमार्गको ट्र्याकमा अड्किएर रूदै ” मद्दत गर्नुहोस् ” भनिरहेकालाई बोकेर ट्र्याक पार गराइ ज्यान बचाउन सफल रहेका थिए ।
रेल्वे ट्र्याक पार गर्नको लागि सहयोगको याचना गरिरहेका वृद्धालाई सहयोग गर्नका लागि तीनै जना तुरुन्तै दम्पती भएतिर दौडी रेल क्रसिङको अलार्म बजी ट्रेन आउने समय आग़ावै सचिन र निराजले रेलको ट्र्याक छेउमा सकुशल पुर्याउन सफल भएका थिए ।ती दम्पत्तिले नेपाली विद्यार्थीलाई धन्यवाद दिइ घर हिँडेका थिए।

तीन जनालाई हिरोसिमा प्रिफेक्चरल पुलिसले एक वृद्ध दम्पतीको ज्यान बचाउनको लागि योगदान पुर्याएको भन्दै प्रशंसा पत्र प्रदान गरेको थियो। जापान आएपछि केही समयमै दम्पतीलाई सहयोग गर्ने विद्यार्थीले “सङ्कट नजिकै रहेको हुनाले म केही नसोची दौडिए। यसमा गर्व छ,’ उनले भने।
हिरोशिमा सेन्ट्रल पुलिस स्टेशनका प्रमुख मासाकी मसुदाले “यो साहसी र सम्मानजनक कार्य भएको” सो कार्यको प्रशंसा गरे।



