काठमाडौं । नेकपा माओबादी केन्द्रको प्रबास संगठन नेपाली जनप्रगतीशील मंचले कोरोना महामारीको अहिलेको अवस्थालाई मध्यनजर गर्दै देशव्यापी रुपमा स्वास्थ सामग्री वितरण शुरु गरेको छ । नेकपा (माओवादी केन्द्र) प्रबास समन्वय कमिटीले ‘कोरोना महामारी बिरुद्ध हातेमालो अभियानको शुरुवात शुक्रबार काभ्रे जिल्लाबाट गरेको छ ।
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रबास समन्वय कमिटीका अध्यक्ष युबराज चौलागाई , प्रबास समन्वय कमिटी मध्यपुर्बका संयोजक शनि कुमार ओली , प्रबास समन्वय कमिटी एशियाका सचिब रमेश प्रसाद तिवारी , काभ्रे जिल्लाका प्रदेश सांसद रत्न ढकाल,प्रदेश कमिटी सदस्य नेता इन्द्र थिङ छिन्ताङ लगायतका नेताहरुको उपस्थितीमा एक कार्यक्रमका बिच ५ लाख बराबरको स्वास्थ सामग्री नेकपा माओवादी केन्द्र जिल्ला समिति काभ्रेलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएका सामानहरुमा अक्सिजन सिलन्डरहरु, एन्टिजेन टेस्ट किटहरु, अक्सिमिटर, पिपिइ सेट, माक्स, ग्लोब्स, सेनिटाइजर, थर्मल गन लगायत स्वास्थ्य सामाग्रीहरु रहेको छ । बागमती प्रदेशमा काभ्रे जिल्ला उपत्यका पछी संक्रमित संख्या बढि रहेको जिल्लामा पर्दछ । उक्त कार्यक्रममा पार्टी प्रबास कमिटीले कम्तीमा १ करोड रकमको कोष खडा गरेर नेपालभरी सहयोग गर्ने योजना रहेको प्रबास समन्वय कमिटीका अध्यक्ष युबराज चौलागाइले बताए । उनले अब पार्टीको निर्णयअनुसार सबै राहत सामाग्री प्रवास कमिटिले पनि पार्टी कार्यालयलाई बुझाउने र पार्टीमार्फत सबै जिल्ला जिल्लामा वितरण गरिने बताए । चौलागाईले हालसम्म मलेशिया, कोरिया, जापान, साइप्रस, अष्ट्रलिया, जर्मनी, क़तार, संयुक्त अरब इमिरेट्स, स्पेन, कुवेत लगाएतका नेपाली जनप्रगतिशील मञ्चहरु सहित सहृदयी प्रबासी नेपालीहरुबाट अभियानको कोषमा करिब तीस लाख रुपैंया जम्मा भैसकेको बताए । उनले अन्य कमिटी तथा सहयोगी व्यक्तिहरु द्वारा रक़म संकलन हुने क्रम जारी रहेको समेत बताए । चौलागाईले संकलनमा योगदान गर्ने नेपाली जनप्रगतिशील मञ्चका राष्ट्रीय कमिटीहरु र सहयोगी हातहरु सबैलाई धन्यवाद व्यक्त गरेका छन।
कोरोना महामारी बिरुद्ध लड्न अध्यक्ष प्रचण्डको नेतृत्वमा बनाएको कार्यदलको पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा शुक्रबार बसेको बैठकले कोरोना महामारी बिरुद्ध लड्न स्थानीय पार्टी कमिटिहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) कोरोना महामारी बिरुद्ध लड्न स्वास्थ्य सामग्री लिएर जिल्ला जिल्ला जाने भएको छ । पार्टी केन्द्रको पहलमा जम्मा भएका स्वास्थ्य सामाग्रीहरु र पार्टीको प्रबास कमिटीको संयोजनमा बिभिन्न देशका जनप्रगतिशील मञ्चहरुबाट प्राप्त भएका सहयोग सामाग्री एकै साथ बिभिन्न प्रदेशहरुमा पठाइने चौंलागाईंले बताए । कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ । अब केही दिन भित्रै सबै प्रदेश र जिल्लामा स्वास्थ्य सामाग्री पठाउने चौंलागाईंले बताए । बैठकले पार्टी केन्द्रको तर्फबाट कोरोना महामारी सम्बन्धी कामको संयोजन गर्नका लागि श्रीराम ढकाल, जोख बहादुर महरा र युवराज चौंलागाईं रहेको एक कार्यदल बनाई राहत वितरणलाई दुर्त गतिमा अगाडी बढाउने निर्णय गरेको छ ।
जनसवालबाट