भूकम्पमा परेर कम्तीमा १ सय ५७ पुग्यो

-


     जनहित न्युज    
     कार्तिक १८ गते २०८०


पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।

सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले हालसम्म दुई जिल्लामा गरेर १५७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएको बताएका छन्। त्यसबाहेक दैलेख जुम्ला र रोल्पामा थप सात जना घाइते भएको श्रेष्ठले जानकारी दिए।

शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बताए।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?