अमेरिकाको तल्लो सदनबाट सभामुख निष्कासित

-


     जनहित न्युज    
     असाेज १७ गते २०८०


अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिरेन्टेटिभ्सको सभामुखबाट केभिन म्याकार्थी निष्कासित हुनु भएका छन । रिपब्लिकन सभामुख म्याकार्थीलाई हटाउनका लागि आफ्नै पार्टीका सांसद म्याट गेट्जले प्रस्ताव दर्ता गराएका थिए ।

गेट्सको प्रस्तावको पक्षमा २ सय १६ मत र विपक्षमा २ सय १० मत परेको छ । आफ्नै पार्टीका सभामुखलाई हटाउनका लागि ८ जना रिपब्लिकन सांसदले मतदान गरेका थिए ।

बहुमतका आधारमा सभामुखबाट म्याकार्थी सभामुखबाट हटाइनु भएको हो । यो कदमले रिपब्लिकन पार्टीभित्रको आन्तरिक तनाव सतहमा देखाएको छ । फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउन सोमबार सदनमा प्रस्ताव अघि सारेका थिए ।

डेमोर्क्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि बढेको हो । म्याकार्थीले डेमोक्र्याटिक पार्टीको समर्थनमा अन्तिम समयमा मुलुकलाई शटडाउनबाट बचाउन खर्च विधेयक पारित गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?