
सन् २०२० मा जापानमा नवजात शिशुहरुको संख्या हालसम्मकै सर्वाधिक पाइएको छ । गत बर्ष जापानमा केवल ८ लाख ४० हजार ८ सय ३२ नयाँ शिशुको जन्म भएको छ । शुक्रबार सार्वजनिक सरकारी तथ्यांक अनुसार कोरोना भाइरस महामारीको असरको शिकार नवजात शिशुको संख्यामा पनि भएको सरकारी तथ्यांकले देखाएको छ ।
सन् २०२० मा जापानमा नवजात शिशुहरुको संख्या हालसम्मकै सर्वाधिक पाइएको छ । गत बर्ष जापानमा केवल ८ लाख ४० हजार ८ सय ३२ नयाँ शिशुको जन्म भएको छ ।
शुक्रबार सार्वजनिक सरकारी तथ्यांक अनुसार कोरोना भाइरस महामारीको असरको शिकार नवजात शिशुको संख्यामा पनि भएको सरकारी तथ्यांकले देखाएको छ ।
गत बर्ष जापानमा जन्मिएका शिशुको संख्या सन् १८९९ देखी जापानको स्वास्थ्य मन्त्रालयले लिन थालेको सर्वेक्षण यताकै सबैभन्दा कम हो । मन्त्रालयको तथ्यांक अनुसार गत बर्षको तुलनामा २४ हजार ४ सय ७ शिशु कम जन्मिएका छन् । जापानमा पहिलो पटक एक बर्षमा ९ लाख भन्दा कम शिशुहरुको जन्म भएको मन्त्रालयले जनाएको छ ।
तथ्यांकले देशमा बृद्ध व्यक्तिहरुको संख्या बढिरहेको र नवजात शिशुहरुको संख्या तीब्र गतिमा घटिरहेको देखाएको छ । सरकारका मुख्य क्याबिनेट सचिव कात्सुनोबु कातोले हालसम्मकै कम संख्यामा शिशुहरुको जन्मदरमा संकटको भाव व्यक्त गर्दै समाजमा बच्चा जन्माउने र हुर्काउने अवरोधलाई हटाउनुपर्नेमा जोड दिएका छन् ।
‘बच्चाहरूको संख्या घट्दै गएको समस्याले हाम्रो समाज र अर्थव्यवस्थाको आधारलाई कमजोर बनाउँदछ । यो सर्वोच्च प्राथमिकताको कुराको रूपमा व्यवहार गर्नुपर्छ’ सरकारका शीर्ष प्रवक्ता कातोले पत्रकार सम्मेलनमा बताएका छन् ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार शिशु भएका महिलाको औसत संख्या सन् २०१९ मा ०.२ प्रतिशतले घटेर १.३४ मा आइपुगेको छ । अर्थात् यो संख्या ७३,५१७ ले घटेर ५ लाख २५ हजार ४ सय ९० रहेको छ । यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा कम भएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।
विश्लेषकहरूले पूर्वानुमान गरेका छन् कि सन् २०२१ मा कोरोना महामारीको प्रभाव बढी गम्भीर हुनेछ, जनवरीदेखि मार्च सम्म यस वर्षको नवजात शिशुको संख्या शुरुवाती आधारमा एक बर्षको तुलनामा ९.२ प्रतिशतले घटेको छ ।
दाइची जीवन अनुसन्धान संस्थानका अर्थशास्त्री ताकुया होशिनोले भविष्यवाणी गरे कि आर्थिक कठिनाइ र महामारीको कारण मानिसहरुसंग भेट गर्न कम अवसरका कारण जन्म र विवाहको गिरावट केही समय जारी रहनेछ ।
होशीनोले भने-‘बच्चा जन्माउन चाहने व्यक्तिलाई सहयोग पुर्याउनु जरुरी छ जसले कर्मचारीहरुलाई बच्चा जन्माउने बिदाहरु सजिलो बनाउन र प्रजनन उपचार सहायता बृद्धि गर्ने जस्ता कार्यविधि तयार पार्नुपर्दछ ।.
२०२१ मा जापानमा केवल ७ लाख नवजात शिशुको जन्म हुने अनुमान गरिएको छ । यो संख्या सरकारले सोचेको भन्दा १० बर्ष पहिलानै घटेको संख्या हुनेछ । जापान सरकारले सन् २०३० मा मात्र जापानमा बार्षिक नवजात शिशुको संख्या ७००,००० लाख भन्दा कम हुने अनुमान गरेको थियो ।
आमाहरूको उमेरका आधारमा ३0 देखी ३४ बर्ष बिचमा आमाहरुको संख्या ३0३,४३४ रहेको छ । जापानमा औषत बच्चा जन्माउने महिलाहरुको औषत उमेर ३0.७ बर्ष रहेको छ । यो महिलाहरुको बच्चा जन्माउने उमेर हालसम्मकै सबैभन्दा बढी थियो ।
प्रान्तका आधारमा ओकिनावामा शिशु जन्मदर संख्या १.८६ रहेको छ । जुन जापानभरकै सबैभन्दा उच्च हो । यसपछि शिमाने प्रान्त १.६९ र मियाजाकी १.६८ रहेको छ ।
टोकियोले सबैभन्दा कम दर १.१३ रहँदा होक्काईदो र मियाजाकी १.२१ रहेको छ । पहिलो विवाहको औसत उमेर पुरुषको ३१ बर्ष र महिलाको २९.४ बर्ष रहेको छ ।
तथ्यांकका अनुसार पारपाचुके (डिभोर्स)को संख्या अघिल्लो वर्षको तुलनामा १५ हजार २ सय ४५ ले घटेको छ । सन् २0२0 मा जापानमा १ लाख ९३ हजार २ सय ५१ जना विवाहिता जोडिले ‘डिभोर्स’ गरेका छन् । जापान समाचारकाे सहयाेगमा