गलकोटमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि

-


     जनहित न्युज    
     जेठ २१ गते २०७८


गलकोटमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गलकोट नगरपालिका वडा नम्वर २ मा गरिएको ऐन्टीजेन परिक्षणमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गलकोट नगरपािलका वडा नम्वर २ का वडा अध्यक्ष हीम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयको कोभिड–१९ प्रतिकार्य समुह, स्वास्थ्य टोली र गलकोट नगरपालिका स्वास्थ्य शाखाले
कोरोना अति प्रभावित क्षेत्र गलकोट नगरपालिका वडा नम्वर २ को घसघसामा १ सय ५० जनाको एन्टिजेन परिक्षण गरेको हो ।

कोरोना संक्रमण पुष्टि भएका २७ जना मध्ये २ जनाको स्वास्थ्यमा केही समस्या देखिएकाले कोभिड अस्पताल हरिचौरमा पठाइएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?