
इन्दिरा खनाल टोकियो, जापान । अर्घाखाँची समाज जापानको छैठौं अधिवेशन टोकियोमा भव्यताका साथ सम्पन्न भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर (जनवरी १) आयोजित अधिवेशनले टोपबहादुर घर्ती मगरको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नयाँ कार्यसमिति चयन
निर्वाचन संयोजक बाबुराम पौडेलले घोषणा गरे अनुसार समाजको महासचिवमा अविनाश जी.सी. (G.C.) निर्वाचित हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिको विवरण यस प्रकार रहेको छ:
- अध्यक्ष: टोपबहादुर घर्ती मगर
- उपाध्यक्षहरू: संगीता थापा, अर्जुन आचार्य, इन्दिरा खनाल, गोविन्द बिष्ट र सरोज भुसाल
- महासचिव: अविनाश जी.सी.
- सचिवहरू: असीम खनाल, चन्द्र प्रकाश भुसाल र मधु क्षेत्री
- कोषाध्यक्ष: निरन्जन खड्का
- सह-कोषाध्यक्ष: केशब रेश्मी र धर्मराज पौडेल
- महिला संयोजक: कमला के.सी.
- युवा संयोजक: नारायण भट्टराई
- सदस्यहरू: दिल प्रसाद श्रेष्ठ, गोकर्ण क्षेत्री, राजेन्द्र श्रेष्ठ, इन्दिरा के.सी., माधव खत्री, चेतन घर्ती मगर, ज्ञान प्रसाद आचार्य, मीना थापा, शंकर रायमाझी, नवराज घिमिरे, दिल्ली रेशमी, बसन बस्नेत र शर्मिला खड्का ओली।
- सल्लाहकार संयोजक: नारायण प्रसाद भुसाल
जापानमा बढ्दो समस्या समाधानमा लाग्न आग्रह
प्रमुख अतिथिको आसनबाट बोल्दै जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहर कान्त पौडेलले जापानमा रहेका नेपालीहरूका समस्या दिनप्रतिदिन बढ्दै गएको औंल्याउनुभयो। उहाँले समस्या समाधानका लागि समाजले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। “दूतावास सबै नेपालीहरूको अभिभावक हो, हामी सबैसँग सहकार्य गर्न प्रतिबद्ध छौं,” कार्यवाहक राजदूत पौडेलले भन्नुभयो।
शुभकामना तथा सम्मान
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुवास लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ, समाजका संरक्षकद्वय बाबुराम पौडेल र दीपक थापा, निवर्तमान अध्यक्ष कृष्ण के.सी., सल्लाहकार संयोजक नारायण भुसाल लगायतले शुभकामना मन्तव्य राख्दै समाजलाई सामाजिक गतिविधिमा थप सक्रिय बनाउन सुझाव दिनुभएको थियो।
सोही अवसरमा समाजको स्थापनाकालदेखि नै अर्घाखाँचीबासीलाई संगठित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्व अध्यक्षद्वय बाबुराम पौडेल र दीपक थापालाई विशेष सम्मान गरिएको थियो। साथै, आफ्नो कार्यकाल सफल बनाएकोमा निवर्तमान अध्यक्ष कृष्ण के.सी.लाई कदरपत्रद्वारा सम्मान गरियो।
प्रतिबद्धता र सांस्कृतिक प्रस्तुति
नवनिर्वाचित अध्यक्ष टोपबहादुर घर्ती मगरले जापानमा रहेका अर्घाखाँचीबासीबीचको एकतालाई थप सुदृढ बनाउँदै समाजमुखी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवनिर्वाचित उपाध्यक्ष इन्दिरा खनालको स्वागत मन्तव्य र अर्का उपाध्यक्ष अर्जुन आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा इबा पौडेलले ‘माइतीघर’ गीतमा आकर्षक नृत्य प्रस्तुत गरी उपस्थित सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।



