जापान / शौचालयमा राखिएको ट्वाईलेट पेपर चोर्दा एक प्रहरी स्टेशनका प्रमुखले जागिरबाटै हात धुनुपरेको छ ।घटना जापानको राजधानी टोकियोसँगैको साइतामा प्रान्तको हो । प्रान्तको फुकाया प्रहरी स्टेशनमा कार्यरत प्रहरी अधिकारीले शौचालयबाट पाँचवटाट्वाईलेट पेपर चोरेका थिए ।
अनुसन्धान पछि ६० बर्षिय ति प्रहरी अधिकारी दोसी पाइएको थियो । र उनले आफु दोसी ठहरपछि जागिरबाट राजिनामा दिएका छन् ।प्रहरीका अनुसार गत महिना २९ तारिख राति ८ बजेको समयमा कोनोशु शहरको एक व्यवसायिक भवनको शौचालयबाट ति प्रहरी अधिकारीले ट्वाईलेट पेपर चोरेका हुन् । उनले ट्वाईलेट पेपर चोरेर लगेको देखेको एक प्रत्यक्षदशीले बताएका थिए ।
शनिवारको दिनमा उनी फुकाया शहर प्रमुखको आधिकारिक निवासमा फर्किरहेका र आफ्नो घर वा सुविधा स्टोरको पार्किगंमा केही गिलास जापानी रक्सी सोचु पिएपछि उनले उक्त हर्कत गरेका थिए । अनुसन्धानले उनी रक्सी र मदिरा सेवनको कारण पेट दुख्ने चिन्तामा थिए, त्यसैले उनले रेलमा चढ्नु अघि शौचालयको पेपर निकालेको जनाएको थियो । दोसी ठहरपछि ति प्रहरी अधिकारीले आफुले गरेको विश्वासघातमा दु:खी भएको बताएका छन् ।
प्रहरीले एक महिनाको अनुशासन कारवाहीको निर्णय गरेको थियो तर उनले प्रहरी सेवाबाटै रिटायर हुने निर्णय लिएको बताइएको छ । साइतामा प्रान्त प्रहरी मुख्यालयका प्रमुख महानिरीक्षक नागाताको ओगिनोले घटनाबारे टिप्पणी गर्दै भने- अधिकारीहरूले त्यस्तो घटना गरेकोमा मलाई दुख लागेको छ । म यस क्षेत्रका नागरिकहरूसँग माफी माग्छु र विश्वास पुनर्स्थापना गर्न कोसिस गर्नेछु ।