जापान । छिटो संक्रमण सर्ने क्षमता भएको ईण्डियन संक्रामक कोरोना भाइरसका बिरामी जापानमा थप फैलंदो क्रममा रहेको पाइएको छ । जापानको स्वास्थ्य मन्त्रालयले १० प्रान्तमा थप ईण्डियन संक्रामक कोरोना भाइरसका संक्रमित फेला परेको पुष्टि गरेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे ३१ तारिखसम्ममा छिटो संक्रमण सर्ने क्षमता भएको ईण्डियन संक्रामक कोरोना भाइरसका बिरामी जापानमा थप फैलंदो क्रममा रहेको पाइएको छ ।जापानको स्वास्थ्य मन्त्रालयले १० प्रान्तमा थप ईण्डियन संक्रामक कोरोना भाइरसका संक्रमित फेला परेको पुष्टि गरेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे ३१ तारिखसम्ममा पछिल्लो हप्तादिनमा २४ जना यस्ता कोरोनाका संक्रमित भेटिएको बताएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिहरू मार्फत संक्रमणको अवस्थाका आधारमा गरिने नमूना मार्फत भाइरसको प्रकार छुट्याउने गरिएको छ ।
संकलित केही नमुनालाई राष्ट्रिय सरुवा रोग केन्द्रमा भाइरसका जीनहरूको विश्लेषण गर्दा ईण्डियन म्युटेन्ट भाइरस पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार हप्तादिनमा आन्तरिक रुपमा भेटिएका नयाँ संक्रामक भाइरसका बिरामीको यो संख्या सर्वाधिक धेरै हो । यो संख्या अघिल्लो हप्ता पुष्टि संख्या भन्दा तीनजनाले बढी भएको मन्त्रालयले बताएको छ । ईण्डियन म्युटेन्ट भाइरसका बिरामीहरु भेटिएका प्रान्तहरुमाटोकियो ९ जना ओसाका र साइतामा ३/३ जनाआईची र ह्योगो २/२ जना गुन्मा, चिबा, खानागावा, नागानो, खागोशिमा प्रान्तमा एक एक जना रहेका छन् ।
यो सहित जापान भित्रै कुल ५३ जना व्यक्तिमा ईण्डियन संक्रामक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले हालसम्म जापानमा ब्राजिलमा पुष्टि भएको म्युटेन्ट कोरोनाका बिरामी ११ जना तथा दक्षिण अफ्रिकामा पुष्टि भएको संक्रामक भाइरसका २ जना बिरामी भेटिएको जनाएको छ ।