बागलुङमा थप एक संक्रमितको मृत्यु

-


     जनहित न्युज    
     जेठ १८ गते २०७८


कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्वर वडा नम्बर १ की ७० वर्षीया महिला संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि जेठ एक गते धौलागिरी अस्पतालमा भर्ना भएकी उनको मंगलबार राति १२ : २५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

यो सँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?