एप्पलले ‘अहिले किन्नुहोस्, पछि पैसा तिर्नुहोस् ’ योजना ल्याउदै

-


     बीबीसी    
     जेठ २५ गते २०७९


आफ्नो आइओएस १६ का नयाँ अपरेटिंग सिस्टमको एक अंशका रुपमा एप्पल कम्पनीले ग्राहकहरुलाई ‘अहिले किन्नुहोस्, पछि पैसा तिर्नुहोस् ( बिएनपिएल )’ सेवा प्रदान गर्ने योजना बनाइरहेको छ । ‘एप्पल पे ल्याटर’ ले प्र्रयोगकर्ताहरुलाई अमेरिकामा छ साताभित्र चार चरणमा भुक्तानी गर्न सक्ने सेवा प्रदान गर्न लागेको हो । तर त्यसका लागि ग्राहकहरुले कुनै ब्याज वा शुल्क भने तिर्नु पर्ने छैन । 

यस आइफोनको नयाँ विशेषताहरु पनि छन् । आफुलाई प्रताडना दिने उद्देश्यले मेसेजहरु पठाइने गरेका कारण हैरान हुनेहरुलाई राहत दिने उद्देशयले नयाँ फिचरका रुपमा यसमा आइमेसेज एडिट सिस्टम राखिएको छ । कम्पनीको वार्षिक विकासकर्ता सम्मेलन डब्ल्यडब्लुडिसिमा यसका नयाँ सुविधाहरु अनावरण गरिएका हुन् । तर बिएनपिएल सेवाहरु हाल वेलायतमा अनियमित रहेका छन् । कम आय आर्जन गर्ने समुहहरुले यसको प्रयोग गर्ने तरिकाको आलोचना गरिएको छ । 

सन् २०२१ मा पानारोमा गरेको रिपोर्टिंगका अनुसार वेलायतमा बिएनपिएल प्रयोग गर्ने विभिन्न उमेर समुहका वयस्कको संख्या १ करोड ५० लाख रहेको थियो । एप्पलले अर्को नयाँ फिचरको रुपमा यसमा ‘इमरजेन्सी रिसेट’को पनि व्यवस्था भएको जनाएको छ । यसले मानिसहरुलाई सम्पूर्ण उपकरणमा आइक्लाउडबाट साइन आउट गर्ने अुनमति प्रदान गर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?