
तारा एअरको विमान केहीबेर अघि दुर्घटना भएको छ ।
पोखराबाट जोमसोमतर्फ उडेको विमान दुर्घटनामा परेको नेपाल टेलिभिजनले जनाएको छ ।
विमानमा चालक दलका सदस्यसहित २२ जना यात्रु रहेको जनाइएको छ ।
विमानमा ६ जना विदेशी नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन ।
विमान आज विहान करिव १०ः३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन ।
जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन ।
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का गरिएको छ । तीन जना चालकदलका सदस्य, छ जना विदेशी र १३ जना नेपालीसहित २२ जना सवार विमान लेतेको भीरमा ठोक्किएर ठूलो आवाज आएको थियो । घटनाको पुष्टि हुन बाँकी छ ।
आइतबार बिहान ९ः५५ बजे उडेको जहाज उडेको १५ मिनेट नबित्दै सम्पर्कविहीन भएको पोखरा विमानस्थलले जानकारी दिएको रमेश पौडेलले जानकारी दिए । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै थियो त्यसपछि सम्पर्कविहीन बनेको थियो ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।।
नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए।खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकप्टर परिचालन गरिएको थियो। तर, हेलिकप्टर जान असहज भएपछि फर्किएको बताइएको छ।
विमानको खोजी कार्य जारी रहेको छ। विमानको खोजी कार्यका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर उडेको पनि बताइएको छ।
मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् । बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील थकालीले जानकारी दिए ।
‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्नेछ,’ उनले भने, ‘बादलले डम्मै ढाकेको छ । कतै केही देखिँदैन । हल्का पानी परिरहेको छ ।’ अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए ।

को को थिए यात्रु?
१.वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमा
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को–पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा



