‘बजेटमा लुम्बिनी प्रदेशमा सिमेन्ट उद्योग मार्ग निर्माण गरिनेछ । ’ मुख्यमन्त्री केसी

-


     जनहित न्युज    
     जेठ १५ गते २०७९


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेशमा सञ्चालित सिमेन्ट उद्योगहरुले प्रदेश सरकारको नीतिमा रहेर मात्रै सञ्चालन गर्नका लागि निर्देशन गर्दै प्रदेश सरकारको नीति विना सञ्चालन नगर्नका लागि निर्देशन दिएका छन। उनले प्रदेश भित्र सञ्चालनमा रहेका उद्योगहरुका लागि उद्योग मार्ग निर्माण गरिने बताए ।
यस्तो विचार मुख्यमन्त्री कुलप्रसाद केसीले उद्योग मन्त्रालयले आयोजना गरेको सिमेन्ट उद्योगहरुसँग छलफल भएको अन्तरक्रिया कार्यक्रममा बताएका हुन हो ।
उनले संघीयताको मर्म विपरित प्रदेशमा सञ्चालित भएका लुम्बिनी प्रदेशको सिमेन्टको आत्मनिर्भर प्रदेश निर्माणका लागि आगामी बजेटमा त्यसलाई अmझै प्रर्वद्धन गर्नका लागि आवश्यक रहेको बताउँदै प्रदेश सरकारको तर्फबाट सिमेन्ट उद्योगलाई सञ्चालनका लागि उद्योग मैत्री नीति तथा योजना निर्माण गरिने बताए ।
लुम्बिनी प्रदेशमा सिमेन्ट उद्योगहरुको अभिलेखिकरण गर्दै आगामी बजेटमा उद्योगका लागि चल्ने सवारी साधान र नागरिकका लागि चल्ने सवारी साधान एउटैमा चलाउँदा त्यसलाई निकै समस्या परेको बताउँदै त्यसका लागि आगामी प्रदेश सरकारले उद्योग मार्ग निर्माण गर्ने बताए ।

मुख्यमन्त्री केसीले प्रदेशभित्र सञ्चालनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताउँदै त्यसका लागि सिमेन्ट कारखनाहरुले पनि प्रदेश सरकारसँग साझेदारी नगरी सञ्चालन गरेमा त्यसले उद्योगहरुलाई नै हानी पुग्ने बताए । उनले भने –“उद्योग सञ्चालनको साझा अधिकारको सूचीभित्र रहेको छ, त्यसलाई नै परिपालना गरी अगाडि बढ्नु छ ।’
अर्थमन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकारले उद्योगहरुका लागि उद्योगलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकार लागि रहेको बताए । उनले आगामी बजेटमा उद्योगहरुलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउन लागेको बताए ।
कार्यक्रममा उद्योग मन्त्री अजय शाहीले प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्ने र उद्योगहरुलेहरुले पनि आफ्नो अभिावकत्वक स्वीकार गरेर अगाडि बढेमा मात्रै सबैको हित हुने बताए ।
लुम्बिनी प्रदेशमा सञ्चालित रहेका सिमेन्ट कारखनाहरुसँग प्रदेश सरकारले छलफल तथा अन्तरक्रिया गरेको छ । सिमेन्ट उद्योगहरुलाई जिम्मेवारी पूर्णतरिकाले सञ्चालन गर्नका लागि व्यावसायी र सरकार बीच छलफल भएको हो ।
सरकारले उद्योग मार्ग निर्माण गरेमा यात्रु र उद्योगका लागि सञ्चालन हुने यातायातका साधानहरु पनि व्यवस्थित हुने छ । सडकहरु पनि विग्रने सम्भावना कम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?