पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै फेरि फेरि बढ्यो सवारी साधनको भाडा (भाडादरसहित)

-


     जनहित न्युज    
     जेठ १० गते २०७९


सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै लामो दूरीका सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। 

यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ। 
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १५३ रहेकामा हाल रु १६३ कायम भएको छ । 
विभागका अनुसार वृद्धि भएको भाडादर मंगलबारबाटै लागू हुने भएको छ।
कहाँ कति बढ्यो भाडा?

अन्तरप्रदेशभाडादर2022-05-24_05-00-07-530

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?