
जापानको टोकियोमा क्वाड शिखर बैठक चलिरहँदा चिनियाँ र रुसी विमान आफ्नो हवाई क्षेत्र नजिक आएपछि त्यसलाई छेक्न जापानले हतारहतार आफ्ना लडाकु विमान उडाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिज टोकियोमा भएकै बेला रुस र चीनले उत्तेजना फैल्याउन यस्तो प्रयास गरेको रक्षा मन्त्री नोबुओ किशीले बताए ।
यससम्बन्धी गम्भीर चासो रुस र चीन दुवैलाई कूटनीतिक माध्यमबाट पठाइसकिएको रक्षामन्त्री किसीले बताएका छन्।
उनले टोकियोमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका नवनिर्वाचित नेता एन्थोनी अल्बानीजबीच भेटघाट भएको दिन बेइजिङ र मस्को दुवैले उक्त घटनालाई सम्भावित उक्साहट भएको बताए। क्वाड समिटको समयमा भएको यस खालको क्रियाकलापले विगतको तुलनामा थप उत्तेजक बनाउने बताए । नोभेम्बरयता चौथो पटक यस्तो घटना भएको उनले बताए।
दुईवटा चिनियाँ लडाकु विमानहरू पूर्वी चीन सागरबाट जापानको सागरमा उडेका थिए र त्यसपछि पूर्वी चीन सागरतर्फ सँगै उडानका लागि दुईवटा रुसी लडाकु विमानहरू जोडिएका थिए, किशीले भने। एक रुसी विमान पनि उत्तरी टापु होक्काइडोबाट जापानको मुख्य टापुको नोटो प्रायद्वीपमा खुला समुद्रमा उडेको उनले बताए।
रुस र चीन दुवैले संयुक्त गस्ती गरेको पुष्टि गरेका छन्।रुसको रक्षा मन्त्रालयले जापानी र पूर्वी चीन समुन्द्रमा १३ घण्टा गस्ती गरेको जनाएको छ। कुनै पनि विमान जापानको आकाशमा प्रवेश गरेको छैन, उसले भनेको छ । यो अभ्यास “वार्षिक सैन्य सहयोग योजना” को एक हिस्सा थियो, चीनको रक्षा मन्त्रालयले भन्यो।
अर्कोतिर मंगलबार नै चार वटा चिनियाँ विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको दक्षिण कोरियाले जनाएको छ।



