काठमाण्डौ महानगरपालिकामा बालेंन शाहको अग्रता १२ हजार १९ मतले 

-


     जनहित न्युज    
     जेठ ६ गते २०७९


काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

अहिले बिहान साढे ५ बजेको  पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत ल्याउका छन।

यो एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार १९ मतले धेरै हो ।

स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गर्नु भएको छ । कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत ल्याएकी हुन।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले अहिलेसम्म २६ हजार ६ मत पाएकी छन ।

एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४ सय २७ मत पाएका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?