बागलुङ नगरपालिकाको प्रमुखमा काँग्रेसका वसन्तकुमार श्रेष्ठ र उप प्रमुखमा माओवादीका राजु खड्का निर्वाचित

-


     जनहित न्युज    
     जेठ ४ गते २०७९


बागलुङ नगरपालिकाको मयेरमा नेपाली काँग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १४ हजार ६०८ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्दी नेकपा एमाले राप्रपाका उम्मेदवार तथा निर्वतमान नगरप्रमुख जनकार पौडेलले ८ हजार ८२१ मत प्राप्त गरे ।

नगरपालिकाको उपमेयरमा गठबन्धनकै उम्मेदवार नेकपा (माओवादी केन्द्र)का राजु खड्का निर्वाचित भएका छन् । खड्काले १२ हजार ४२७ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले ८ हजार ६५ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?