बाग्लुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी

-


     जनहित न्युज    
     जेठ ३ गते २०७९


बाग्लुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी भएका छन । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार शर्मा तीन हजार ६०१ मत ल्याएर विजयी भएका हुन। नेकपा एमालेका प्रदीप थापाले दुई हजार २३२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलिप कुमार पुन विजयी भएका छन। उनले तीन हजार ६८२ र एमालेका दुर्गा कार्की थापा क्षेत्रीले एक हजार ९५५ मत प्राप्त गरेका थिए ।

गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चाका नरसिंह पुन १ हजार ४ सय ४१ मत प्राप्त गरि विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा जनमोर्चाकै हिराबहादुर घर्ती ८ सय ९९ मत प्राप्त गरि विजयी भएका छन् । वडा नम्बर ३ मा नेकपा एमालेका शेरबहादुर खनाल क्षेत्री ८ सय ४१ मत प्राप्त गरि विजयी भएका छन् ।

वडा नम्बर ४ मा नेपाली काँग्रेसका किसन बहादुर खत्री ३ सय २९ मत प्राप्त गरि विजयी भएका छन् । त्यसैगरि वडा नम्बर ५ मा नेपाली काँग्रेसका अमरबहादुर शेरवुजा ४ सय ४५ मत प्राप्त गरि वडा अध्यक्षमा विजयी निर्वाचन अधिकृत मनिराम ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?