
दाङको घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका हेमराज शर्माले १७२ मत प्राप्त गरेका छन् । शर्मालाई पछ्याइरहेका एमालेका नरुलाल चौधरीले १४५ मत पाएका छन् ।
यसैगरी, उपमेयरमा कांग्रेसका भूपबहादुर डाँगीले १८० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका हुमाकुमारी डिसीले १४० मत पाएकी छिन् ।



