कपिलवस्तुमा उपमेयरकी उम्मेदवारको मृत्यु

-


     जनहित न्युज    
     वैशाख २७ गते २०७९


बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदकी उमेदवारको निधन भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस कपिलबस्तुको तर्फबाट उपप्रमुख पदको उमेदवार बनेकी शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको हो ।

हृयघातका कारण सोमबार राति १ बजे जिल्ला अस्पताल तौलिहवामा उपचारक्रममा निधन भएको हो । उनको दाहसंस्कार मंगलबार बाणगंगा नदीको बरगदी घाटमा हुने परिवारिकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?