स्वर्गीय इन्जिनियर थापाको प्रथम स्मृति दिवसमा ‘प्रेम स्मृतिग्रन्थ’ लोकार्पण

-


     जनहित न्युज    
     चैत्र १९ गते २०७८



स्वर्गीय इन्जिनियर प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा प्रेम स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा जन्मेका स्वर्गीय थापाको निवास बागलुङ नगरपालिका–१ रामरेखामा एक कार्यक्रमका बिच बगाले थापा क्षत्री समाज धौलागिरीका अध्यक्ष तथा पुर्व एस एस पी भिम बहादुर थापाले लोकार्पण गरेका हुन ।

स्वर्गीय प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा बोल्दै थापाले स्वर्गीय ईन्जिनियर थापाको अल्पायुमै भएको निधनले राष्ट्रले नै अतुलनीय क्षती व्योहोरेको बताएका छन । उनले सानो उमेरमा गरेका थुप्रै सकरात्मक र उदाहरणीय कामहरुबाट आफु प्रभावित भएको समेत उनले उल्लेख गरे । स्वर्गीय थापाका अधुरा सपनाहरु पुरा गर्न बगाले थापा क्षत्री समाज धौलागिरीले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

थापाका प्रकाशित तथा अप्रकाशित लेख, हाल सम्मका उपलब्धि तथा उनले सामाजिक क्षेत्रमा गरेको योगदान समेटिएको प्रेम स्मृतिग्रन्थ पुस्तक थापाका बुबा तथा धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिन बहादुर थापाको सम्पादनमा तयार पारिएको थियो । छोराले सामाजिक क्षेत्रमा देखाएको लगावलाई मध्यनजर गर्दै सम्झना स्वरुप पुस्तकमा विषयवस्तु समेटेर तयार पारिएको प्रा.डा थापाको भनाई छ ।

१२७ पृष्ठको प्रेमस्मृति ग्रन्थमा थापाको सामाजिक काम, अध्ययन, सरकारी सेवा तथा शुभचिन्तकहरुको लेख रचना समावेश गरिएको छ । थापाको परिवारले स्वर्गीय थापाको स्मरणका लागि दीर्घकालिन रुपमा पुस्तक प्रकाशन गर्ने समेत योजना बनाएको थापाका दाजु नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले जानकारी दिए । स्वर्गीय थापाको परिवारले उनको सम्झनामा सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटमा नगद रु २५ हजारको अक्षयकोष स्थापना गरेको छ ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. राम प्रसाद उपाध्ययले थापाको प्रेम स्मृति ग्रन्थका विषयमा बोलेका थिए । कार्यक्रम सातसय बगाले थापा समाजका सदस्य क्याप्टेन दुर्गा बहादुर थापाको अध्यक्षता र केन्द्रिय प्रतिनिधी थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्वर्गीय प्रेम सानो उमेरमा नै हेप्पी कल्व पोखरा, युवा रेडक्रस सर्कल विद्यामन्दिर मा. वि, नेपाल जियोमेटिक्स ईन्जिनियरिङ सोसाईटी, बगाले थापा क्षत्री समाज फाउण्डेशन नेपाल लगायतमा आवद्व रहेका स्वर्गिय थापा विभिन्न विधाबाट सम्मानित समेत भएका थिए ।
नेपाल सरकारको नापी निरिक्षक जियोमेटिक्स ईन्जिनियरको रुपमा कार्यरत प्रेमको गत वर्ष चैत १७ गते २६ वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?