
माओवादीले संचालन गरेको जनयुद्दलाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको गीति एल्बम ‘पिर’ विवादमा आएपछि गायक प्रकाश सपुतले सो भिडियोमा समावेश भएको केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् ।
माओवादी जनमुक्ति सेनाका महिला लडाकुहरू वैकल्पिक पेशाको रूपमा देहव्यापारमा लागेको दृश्यबारे विभिन्न कोणबाट प्रश्न उठाईएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् ।
पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले र पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नुका साथै नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदिएको उल्लेख गर्दै सर्जक सपुतले यूट्यूबमा अपलोड गरेको सात दिनमा करोड पटक हेरिएको गीति एल्बमलाई हटाई सम्पादित दृष्यसहित पुन अपलोड गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन ।
सामाजिक संजाल फेसबुकमार्फत लामो स्टाटस लेखदै उनले भनेका छन्, ‘नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहने जस्तो भयो । त्यसैले कुनै दबाब/ प्रभावले नभएर यो बिचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरूको सुझाव, लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि-अपलोड गरिएको छ ।’
अतिरञ्जित गरेर सोसियल मिडियामा पुरानो भिडियोको क्लिपहरू सेयर नगर्न सबै शुभचिन्तकलाई अनुरोध गर्दै अन्तरमुखी र कोमल मन अनि भावुक सर्जक सपुतले अर्काईभको रूपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने सृजनाको रूपमा आफूलाई लगेजों उल्लेख गरेका छन ।
उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै



