फागुन १ गतेदेखि स्कुल संचालन हुने, काठमाडौमा सवारी साधनमा हट्यो जोर बिजोर

-


     जनहित न्युज    
     माघ २३ गते २०७८


कोभिडको भेरियन्ट ओमिक्रोन समुदायसम्म फैलिएपछि बन्द भएको शैक्षिक क्षेत्र संचालन गर्ने सरकारले निर्णय गरेको छ ।

आगामि फागुन १ गतेबाट लागु हुने गरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको छ।१२ वर्ष पूरा भएका विद्यार्थीहरुको अध्ययन नियमित गर्ने र १२ वर्षभन्दा मुनिका विद्यार्थीहरुको अध्ययन कक्षा कोठामा विद्यार्थीहरुको संख्यामा ध्यान दिएर आलोपालो वा सिफ्टमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन आदेश जारी भएको छ।

यसको लागि स्थानीय तहसँग विद्यालयले समन्वय गर्नु पर्ने भनिएको छ ।यसै गरी विद्यालयले परीक्षा संचालन गर्दा जेड आकारमा सिट योजना बनाएर संचालन गर्नु पर्ने आदेशमा उल्लेख गरिएको छ ।

यसै गरी फागुन १ गतेदेखि सिनेमा हल,डान्सबार लगायतका रात्रिकालीन व्यवसाय, स्वीमिङ, जिमखाना, फुटसल खोल्ने अनुमति प्रशासनले दिएको छ भने आइतबार राति १२ बजेबाट यातायातमा लगाएको जोरबिजोर प्रणाली हटाइएको छ। ।

आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके हाटबजारमा भने प्रशासनले प्रतिवन्ध कायम नै राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?