स्थानीय चुनाव तोकिएकै समयमा हुन्छ : शिक्षा मन्त्री पौडेल

-


     जनहित न्युज    
     माघ २३ गते २०७८


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना माग्नु भएको छ । आइतबार मन्त्रीपौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट थप गर्नु पर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नु भएको हो ।

“अर्थमन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्देछ,मन्त्रीले भन्नुभयो, थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।”


तोकिएकै समयमा चुनाव हुने भएकाले फागुन भरीमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरुलाई निर्देशन दिनु भयो ।

“स्थानीय तहको चुनाव हुने भएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्ब हुन सक्छ । मन्त्री पौडेलले भन्नुभयो, अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरुको काम सक्नुहोस् ।”

गलकोट मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाई भएको भन्दै त्यसको अनुगमन गरी कार्य अघि बढाउन निर्देशन दिनुभयो ।

जिल्ला माझलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनु पर्ने ठाउँको अध्ययन गर्न सम्बन्धितकार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।

आलु, मकै तथा अन्य कृषि सम्बन्धी योजनामा बजेट विनियोजन गर्नु परे योजनाको नाम टिपाउँन आग्रह गर्नुभयो ।

नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै रणनीतिक योजनाहरु, विद्यालय, मोटर बाटो लगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने लिपिबद्ध गरी टिपाउन मन्त्रीले निर्देशन दिनुभयो ।

बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको भन्दै आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको बताउनु् भयो ।

“बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्य मन्त्रीसँग छलफल गरी प्रदेशलाई निर्णय गराउन मैले भनेको छु” मन्त्री पौडेलले भन्नुभयो, “त्यसका लागि स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गरि दिन पर्यो ।”

बुर्तिबामा रहेको निसीभुजी जनता क्याम्पसलाई पोखरा विश्वविद्यालयसँग जोडेर थप व्यवस्थित गर्नर्
काम भइरहेको बताउँदै अनुगमनका लागि विश्वविद्यालयका पदाधिकारी बुर्तिबाङ तत्काल जाने योजना रहेको सुनाउनु भयो ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शान्ति सुरक्षा जिल्लामा सामान्यनै रहेको बताउनुभयो ।

लागू औषधको कारोबार पश्चिमतिर भइरहेको बताउँदै त्यसको नियमन गर्ने काम भइरहेको उहाँले सुनाउनु भयो । ढाकलले सीसीएमसीसीको निर्णय अनुसार माघमसान्तसम्म विद्यालयबैकल्पिक माध्यमबाटचलाउननिर्देशनदिएको पनिबताउनुभयो ।


कोभिडका कारण एक जनामात्र स्वास्थ्य अस्पतालमा भर्ना भई स्वास्थ्पोचार गरि रहेकाले जिल्लामा कोभिडको संक्रमण कम हुँदै गएको उहाँको भनाइ छ ।

मध्यपहाडी लोकमार्ग निर्माणको विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गरेर ० देखि ५.५ किलोमिटर कालोपत्रे लागि काम भइ रहेको जानकारी दिनुभयो ।

जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुले सञ्चालित योजनाको प्रगति विवरण र समस्याका बारेमा मन्त्रीलाई बिफ्रिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?