म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गर्न लागेको जेआरएफ मोना गोल्डकप फुटसल प्रतियोगिता २०२२ को आवश्यक तयारी पुरा

-


     जनहित न्युज    
     पौष २० गते २०७८


म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले नया वर्ष २०२२ को अवसरमा जनवरी ९ तारिकका दिन टोकियोको साइतामामा गर्न आयोजन गर्न लागेको जेआरएफ मोना गोल्डकप फुटसल प्रतियोगिता २०२२ को आवश्यक तयारी पुरा भएको छ ।
मोना जापानले गर्न लागेको सो फ़ुटसल प्रतियोगिताको लागि हालसम्म विभिन्न समूहबाट ३० टिमले खेलका लागि दर्ता गराइ उनीहरूको टिम क्यापटेनको उपस्थितिमा टाईसिट तथा खेलसम्बन्धी आवश्यक नियमहरूको बारेमा शिन ओकुबोको भेटघाट रेष्टुरेण्टमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको कार्यक्रम संयोजक सागर कार्कीले जानकारी दिए ।
कार्यक्रम संयोजक कार्कीका अनुसार प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार नगद मेडल प्रमाण पत्र र उप विजेतालाई १ लाख ७० हजार नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ । त्यस्तैगरि उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५ हजार, उत्कृष्ट रक्षकलाई ५ हजार र सर्वाधिक गोलकर्तालाई पनि ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने पनि बताईएको छ ।
प्रतियोगिता 336-0034 saitama-ken saitama-shi minami ku uchiya 6-5-14 मा हुने बताईएको छ ।
प्रतियोगिता संचालनका लागि व्यवस्थापकीय र आर्थिक पाटोको तयारीपनि भैरहेको र जापानस्थित प्रतियोगिता र मोनाप्रति सत्भाव राख्नेहरूले आवश्यक सहयोगसहित सल्लाह सुझाव प्रदान पनि गरिरहेकोले खेललाई प्रभावकारी बनाउन सहज भैरहेको पनि आयोजक संस्थाका अध्यक्ष सचिन श्रेष्ठले बताए ।

टाईसिट र नियमहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?