गैर आवासीय नेपाली संघ तोचिगी क्षेत्रीय समितिले तोचिगी केनको उचुनोमिया शहरमा गर्यो सरसफाई

-


     जनहित न्युज    
     पौष ११ गते २०७८


गैर आवासीय नेपाली संघ तोचिगी क्षेत्रीय समितिको समन्वय र व्यवस्थापनमा जापानको तोचिगी केनको उचुनोमियामा आइतबार शहर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
जापानिज समुदायमा नेपाली राष्ट्रियता झलक़ाउनुका साथै नेपालीको सहयोगीपनालाई चिनाउने र भावनात्मक रूपमा आत्मीयता बढाउन सहयोग पुर्याउने उद्देश्यले एनआरएनए तोचिगी क्षेत्रीय समितिको सामाजिक र रचनात्मक कार्यक्रम अन्तरगत सरसफ़ाइ कार्यक्रम सम्पन्न भएको संयोजक मन्दिप क्षेत्रीले जानकारी गराए ।
बिहान ९ बजे देखी ११ बजेसम्म करिब २ घण्टासम्म संचालन भएको सो सरसफ़ाइ कार्यक्रममा एनआरएनए जापानका पूर्व क्षेत्रीय सचिव तथा समितिका संरक्षक बिकास बस्नेत, सल्लाहकार सुरेन्द्र अधिकारी, भुवन गैरे र महेश लुईटेल र श्याम खड्का लगाएत तोचिगी केन भित्रका ओयामासी, तोचिगीसी,उचुनोमियासी ओतावारा क्षेत्र वरपरका करिब ४० जना नेपाली र १५ जान जापानीजहरुको सहभागीता रहेको व्यवस्थापकीय ज़िम्मेवारी निर्वाह गरेका समितिका उप संयोजक सन्तोष घिमिरे बताए ।

उचुनोमिया सिटी कार्यालयसंगको अनुमतिमा संचालन गरिएको उक्त सरसफ़ाई कार्यक्रममा उचुनोमियासी वरिपरीका बिभिन्न क्षेत्रहरूका सडकलाई दुई समुहमा बिभाजन भई गरिएको सरसफ़ाइबाट कुहिने फोहर ५ पोका, क्यान १ पोका, प्लाष्टिक बोतल २ पोका र सिसा लगाएतका अन्य फोहोर १ पोका जम्मा पारी तोकिएको स्थानमा राखिएको सचिव उत्तम खनालले जानकारी दिए ।
सो कार्यका लागि तोचिगी नेपाली कमिनिटी, तोचिगी खेलकुद क्लब, नेपाली समाज उचुनोमिया, एनपिओ होजिनका साथै जापानिज भोलिन्टिएर समूह ताबुवाता, उचुनोमिया माचिचुकुरी सेन्टर, तोचिगी केनच्चोका स्टाफ यासिहिको कुरोको सान, उचुनोमिसा ईन्टरनेशनल प्लाजा भौतिक तथा व्यवस्थापकीय सहयोग गरेका थिए भने हाईकिबुताउ ताईसाकु संस्थाले पंजा र फोहोर फाल्ने प्लाष्टिक सहयोग गरेको थियो । साथै क्षेत्रमा बसोबास गर्ने नेपाली तथा जापानिज भोलिन्टिएरहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। कार्यक्रमलाई तोचिगी टेलिभिजन र योमिउरी पत्रिकाले पनि प्रचारप्रसारमा सहयोग गरेको संयोजक क्षेत्रीले जानकारी दिए ।
आफु वरपरको वातावरण स्वच्छ भएमा हामी सबै निरोगी हुन सहयोग पुग्ने र नेपालीहरू सरसफ़ाईप्रति सचेत र सजग हुनुका साथै स्वयमसेवी भावले काम गर्न जागरूप पनि छन भन्ने जापनिज समुदायलाई विश्वास दिलाउन यस्ता कार्यक्रमले सहयोग पुगेको आफूहरूलाई लागेको संयोजक क्षेत्रीले विश्वास व्यक्त गरे ।
कार्यक्रममा उत्साहपूर्णरूपमा सहयोग पुर्याइदिने सबैलाई सहसचिव कपिल न्यौपानेले धन्यवाद व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?