
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा आज दुई दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाहज्यू आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारततर्फ प्रस्थान गर्नुभएको हो।
प्रधानमन्त्री शाहज्यूको नेतृत्वमा रहेको उच्चस्तरीय भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप-संयोजक विनय शाक्य हुनुहुन्छ। यसका साथै, टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरूसहित कुल ३५ जना सदस्यहरू सहभागी हुनुहुन्छ।
भ्रमणको विस्तृत कार्यतालिका:
Bullet पहिलो दिन (मंसिर ६): नयाँ दिल्ली ओर्लिएलगत्तै आज सम्माननीय प्रधानमन्त्री शाहज्यूसँग भारतीय विदेशमन्त्री महामहिम डा. एस. जयशंकरले शिष्टाचार भेट गर्नुहुनेछ।
Bullet दोस्रो दिन (मंसिर ७): भ्रमणको दोस्रो दिन सम्माननीय प्रधानमन्त्रीज्यू नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नुहुनेछ। त्यसपछि, भारतीय समकक्षी महामहिम नरेन्द्र मोदीज्यूसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका रहेको छ। सोही दिन उहाँले भारतका राष्ट्रपति महामहिम श्रीमती द्रौपदी मुर्मूज्यूसँग पनि शिष्टाचार भेट गर्नुहुनेछ।
सहकार्य र विकासका नयाँ आयाम:
भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल हुनेछ। साथै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्।
स्वदेश फिर्ती र पत्रकार सम्मेलन:
सम्माननीय प्रधानमन्त्री शाहज्यू भ्रमण सम्पन्न गरी यही मंसिर ७ गते साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुहुने तालिका छ। भ्रमण टोली नेपाल फर्किएपछि माननीय परराष्ट्रमन्त्री शिशिर खनालज्यूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत भ्रमणबारे विस्तृत जानकारी दिनुहुनेछ।



