
बागलुङ जिल्लाको सिगाना–तित्याङ घर भई हाल विभिन्न सिलसिलामा जापानमा बसोबास गर्दै आएका नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले “सिगाना तित्याङ समाज जापान” गठन गरिएको छ। टोकियोमा शनिबार सम्पन्न समाज गठन तथा बृहत् छलफल कार्यक्रमले प्रकाश खड्काको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
जापानमा रहेका सिगाना–तित्याङवासी नेपालीहरूबीच आपसी एकता, भाइचारा, सामाजिक सहयोग र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने प्रमुख ध्येयका साथ संस्था स्थापना गरिएको हो।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू:
अध्यक्ष: प्रकाश खड्का
वरिष्ठ उपाध्यक्ष: प्रमोद (लालसिंह) खड्का
उपाध्यक्षहरू: भुपेन्द्र के.सी., कृष्णा खड्का र महेश जि.सी.
सचिव: शुसिल क्षेत्री
सह–सचिव: राजु खड्का
कोषाध्यक्ष: सन्तोष खड्का
सह–कोषाध्यक्ष: कृष्ण खड्का
युवा संयोजक: मोहन जि.सी.
सांस्कृतिक संयोजक: विनोद खड्का
कार्यसमिति सदस्यहरू: देवेन्द्र खड्का, जित क्षेत्री, राजिन खड्का, पुष्कर खड्का, सुजन खड्का, इश्वर खड्का, खिम बहादुर खड्का र योगेश खड्का।
भावी कार्ययोजना तथा प्रतिबद्धता
नवनिर्वाचित कार्यसमितिले जापानमा रहेका सिगाना–तित्याङवासी दाजुभाइ तथा दिदीबहिनीहरूबीच सुखदुःखमा साथ दिँदै आपसी सहयोग, सद्भाव र सहकार्यलाई प्राथमिकता दिने जनाएको छ। संस्थाले आपतकालीन सहयोग, सामाजिक सेवा, सांस्कृतिक कार्यक्रम, नियमित भेटघाट तथा जन्मभूमिसँग सम्बन्धित रचनात्मक गतिविधिहरू सञ्चालन गर्ने योजना अघि सारेको छ।
साथै, नेपाली कला, संस्कृति, परम्परा र पहिचानको जगेर्ना गर्दै जापानमा हुर्कंदै गरेको नयाँ पुस्तालाई आफ्नो जन्मभूमि र समुदायसँग जोड्ने खालका कार्यक्रमहरूलाई समेत विशेष प्राथमिकतामा राखिने बताइएको छ।
समाज गठनसँगै जापानमा छरिएर रहेका सिगाना–तित्याङवासीहरूलाई संस्थागत रूपमा जोड्ने बलियो आधार तयार भएको अध्यक्ष प्रकाश खड्काले बताउनुभयो। आगामी दिनमा सबै क्षेत्रमा रहेका समुदायका सदस्यहरूलाई समेट्दै सामाजिक उत्तरदायित्वका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उहाँको भनाइ छ।



