जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल

-


     जनहित न्युज    
     भाद्र २४ गते २०८२


राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई संयमित भएर वार्तामा आउन अपिल गर्नुभएको छ।
उहाँले लोकतन्त्रमा नागरिकले उठाएका माग वार्तार संवादबाट समाधान गर्न सकिने बताउनुभएको छ। राष्ट्रपतिले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ।
२४ भदौ, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् ।
‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?