
??????????
वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मोडल, अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ ।
काठमाडौंले अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो । काठमाडौंमा गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताइन् ।
‘इडब्लुभिएल नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो । यसमा पनि राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा म एकदमै खुशी छु,’ अदितीले भनिन् ।
अदितीले केही समयअघि लण्डनमा भएको वल्र्ड च्याम्पियन लेजेण्ड लिग (डब्लुसिएल) मा डिजिटल प्रिजेन्टरको भूमिकामा काम समेत गरेकी थिइन् ।
अदितीले नेपाली फिल्म कृ, बाबरी खेलेकी छिन। भारतीय म्युजिक भिडियोहरुमा पनि अभिनय गरेकी बुढाथोकी हाल मुम्बई बस्दै आएकी छिन् ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।
यस्तै काठमाडौं दुई विदेशी खेलाडी बुल्गेरियन सेटर कोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ ।
दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म पोखरामा संचालन हुनेछ ।