
आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलियाको निर्वाचनमा युवा संयोजक पदका लागि संगम पाण्डेले उम्मेदवारी दिएका छन् ।
सक्रिय र निस्वार्थ भावनाले भरिएको युवा नेताका रूपमा चिनिंदै आएका पाण्डे नेपाली समुदायको बीचमा एक प्रेरणादायी ब्यक्तीको रुपमा स्थापित छन् । दक्षिण अष्ट्रेलियामा बसोबास गर्ने नेपाली युवाहरूका बीच उनको पहुँच, आत्मीयता र नेतृत्व क्षमताले उनलाई यो जिम्मेवारीका लागि सबैभन्दा योग्य उम्मेदवार बनाएको छ।
संगम पाण्डे किन?
१. नेतृत्वमा सक्रिय अनुभव — नेपाली विद्यार्थी, युवा समूह र सामाजिक अभियान्ताको रूपमा लामो समयदेखि सेवा।
२. यथार्थपरक एजेन्डा — युवाको सीप विकास, सांस्कृतिक जागरण र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर बनाइएको योजना।
३. सबैलाई समेट्ने दृष्टिकोण — विद्यार्थी, नयाँ आगन्तुक, पेशागत युवा र दोस्रो पुस्ताका नेपालीलाई जोड्ने कार्ययोजना।
४. निष्कलंक र समर्पित छवि — राजनीतिभन्दा माथि उठेर समुदाय केन्द्रित सोच र क्रियाशीलता।
पाण्डेका योजनाहरु
रोजगार र उद्यमशीलता तालिम, नेतृत्व र पब्लिक स्पिकिङ वर्कशप, सांस्कृतिक र खेलकुद कार्यक्रम, Mentor नेटवर्क र सामुदायिक घुलमिल जस्ता योजनाहरुलाई पाण्डेले अगाडी सारेका छन् ।
सामाजिक सेवामा युवाको सहभागिता यस्ता स्पष्ट योजना, इमानदार सोच र सकारात्मक ऊर्जा बोकेका युवा प्रतिनिधिका रूपमा संगम पाण्डेले नेपाली युवाशक्ति र ल्च्ल् अभियानबीच सेतु बन्ने बिश्वासका साथ उम्मेदवारी दिएको बताउछन् ।



