
कैलालीको बर्दगोरिया गाउँपालिकाले एक वर्षमा खाना तथा विविधमा झण्डै ३० लाख खर्च गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा खाना तथा विविधतर्फ करिब ३० लाख खर्च गरेको महालेखापरीक्षाको वार्षिक प्रतिवेदन २०७९ मा उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर, गाउँपालिकाले भने खाना तथा विविधतर्फ २९ लाख ९६ हजार ५७० रुपैयाँ खर्च गरेको हो ।
औचित्यविहीन खाना तथा विविधतर्फ भएको खर्चलाई नियन्त्रण गर्नु पर्ने महालेखाको ठहर छ ।




