
जापानको राष्ट्रिय दैनिक प्रकाशक द असाही शिम्बुन कम्पनीको टोकियो मुख्यालयमा धम्कीपूर्ण इमेल पठाएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको महानगरीय प्रहरी विभाग बताएको छ।
शिजुओकाको एओई वार्ड शहरमा बस्ने ५० वर्षीय युसुके नाकामुरालाई व्यवसायमा जबरजस्ती अवरोध गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाई छ।
प्रहरी अनुसार संदिग्ध व्यक्तिले टिभी स्टेशन र रुसी दूतावासलगायत दर्जनौं स्थानमा एउटै सामग्रीसहितको इमेल पठाएको हुनसक्ने अनुमान गरिएको छ । “तिनीहरूका लेखहरू मेरो विश्वाससँग मेल खाएनन्, मलाई लाग्यो मैले रूसी दूतावासलाई इमेल गरें, त्यहि इमेलहरू असाही शिम्बुनलाई पठाएको हुनसक्छ ।” संदिग्धको भनाई उदृत गर्दै प्रहरीले बताएको छ ।
नाकामुरालाई फेब्रुअरी १५ को बिहान आफ्नो घरबाट असाही शिम्बुनको इमेल ठेगानामा दुईवटा इमेल पठाएको आरोप छ, उक्त ईमेलमा भनिएको छ, “म सबै कामदारहरूलाई नरकमा पार्नेछु,” “कृपया अध्यक्षलाई मार्नुहोस्” र “हामी त्सुकिजीलाई रगतको समुद्र बनाऔं।””यसले अखबारको टोकियो मुख्यालयको सञ्चालनमा अवरोध पुर्याएको थियो ।
आसाही शिम्बुनले गत मार्चमा प्रहरी चौकीमा आपराधिक उजुरी दिएको दिएको थियो ।



