जापानले यौन सहमतिको उमेर १३ बाट बढाएर १६ वर्ष गर्दै कैद अबधि पनि १५ वर्ष गरायो

-


     जनहित न्युज    
     असार २ गते २०८०


एक शताब्दीभन्दा बढी समयसम्म अपरिवर्तित रहेको यौन सहमतिको उमेर जापानको संसदले शुक्रबार १३ वर्षबाट बढाएर १६ वर्ष पुर्‍याएको छ ।
विश्वको सबैभन्दा कम उमेर उमेरमा यौन सहमति प्रदान गरिएको यौन अपराध सम्बन्धी संशोधित कानुनको परिमार्जनको एक हिस्साको रूपमा व्याख्या गदै सो उमेर बढ़ाइएको हो ।
शुक्रबारदेखि नै लागू गरिएको परिवर्तनले १६ वर्ष मुनिका व्यक्तिसँग यौनसम्पर्कलाई बलात्कार मानिन्छ। तिनीहरूले “सहमतिरहित यौन अपराध” जबरजस्ती यौन सम्बन्धको लागि नयाँ शब्द, रक्सी वा ड्रग्स, डर, वा धम्कीको प्रभाव अन्तर्गत आक्रमण गरिएको सहित आठ अवस्थाहरूलाई निर्दिष्ट गर्दै कानून संशोधन गरिएको छ । अनुमति बिना लिइएको यौन शोषण हुने खालका तस्बिरहरूको फिल्मांकन, वितरणमा पनि प्रतिबन्ध लगाइएको छ ।
संशोधित कानून अन्तर्गत जबरजस्ती र अर्ध-जबरजस्ती यौनसम्बन्धको अभियोगलाई असहमतिपूर्ण यौनसम्बन्धको आरोपमा एकीकृत गरिएको छ।यौन अपराधलाई कारबाही गर्ने हद म्याद पनि सैद्धान्तिक रूपमा पाँच वर्ष थप गरिएको छ। उक्त अपराधको अब १५ वर्ष सम्म कैद अबधि रहने छ । गोप्य रूपमा हुने अपराधलाई समेट्ने गरि अभद्र तस्बिर खिच्ने काम पनि सोही दिन पारित कानूनमा समावेश गरिएको छ । अरूलाई नग्न वा यौन गतिविधिमा संलग्न गराई हेरेर यौन आनन्द प्राप्त गर्ने इन्टरनेट साइटहरूका दृश्य खिच्ने कार्य पनि आपराधिक मानी तीन वर्षसम्म कैद सजाय हुनसक्ने संशोधित कानूनमा उल्लेख गरिएको छ ।
२०१७ मा जापानले ११० वर्षमा पहिलो पटक यौन अपराधमा आफ्नो फौजदारी संहिता परिमार्जन गरेको थियो। यौन दुव्र्यवहारका घटनाहरूमा सफाइको श्रृंखला र बालिका र महिलाहरूको सहमति बिना लिइएको यौन तस्बिरहरूको बढ्दो घटनाले सार्वजनिक आक्रोशलाई उत्प्रेरित गरेको भन्दै संशोधनमा विषेश ध्यान दिईएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?