मियागी केनको सेण्दाई नज़िकै तोहोकु एक्सप्रेसवेमा नेपाली सवार रहेको बस र ट्रक ठोक्किँदा ३ जना अचेत, धेरै घाइते

-


     जनहित न्युज    
     जेठ २ गते २०८०


मंगलबार बेलुका ८ः१५ बजेतिर कुरिहाराको वाकायानागीस्थित तोहोकु एक्सप्रेसवे डाउन लाइनको मुख्य लाइनमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा बसमा नेपालीसहित ४१ जना सवार रहेको कुरिहारा नगरपालिकाले जनाएको छ ।

मियागी प्रीफेक्चरल पुलिस राजमार्ग एकाइका अनुसार दुर्घटनामा २ जना नेपालीसहित ३ जना अचेत रहेको धेरै गम्भीर घाइते भएका छन्। स्थानीय अग्नि नियन्त्रकहरूका अनुसार धेरैलाई चोटपटक लागेकोले अस्पताल लगिएको छ। बसमा नेपालीसहित विदेशी रहेको विश्वास गरिएको छ ।
प्रिफेक्चरल प्रहरीका अनुसार दुर्घटना लगत्तै बसका यात्रु र अन्य चालकले ९११ मा पटकपटक फोन गरेर ‘ट्रक र बस ठोक्किएर दुर्घटना भएको हो’ भन्दै अस्पताल लगिएको बताए ।

मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेसवे डाउन लाइनमा रहेको वाकायानागी कनारी इन्टरचेन्ज (आईसी) र इवाते प्रिफेक्चरल सिमाना कामका लागि यात्रुहरू बोकेको बस बिग्रिएर रोकिराखेकों बस र ट्रक एक आपसमा ठोकिदा दुर्घटना भएको बताइएको छ । “कुनै कारणले बस मुख्य लाइनमा पार्क गरिएको थियो’ सोहि अवस्थामा दुर्घटना भएको हो ।’ अग्निनियन्त्रक विभागले जनाएको छ ।

प्रिफेक्चरल प्रहरीका अनुसार घटनास्थल कनारी पार्किङ एरिया (PA) बाट करिब २ किलोमिटर दक्षिणमा थियो।गुड़िरहेको गाड़ीमा केहि खराबी देखिएपछि आवश्यक चेकचाजको लागि सो बस रोकिएको थियो ।

प्रहरी र अग्निनियन्त्रकले विस्तृत विवरण अनुसन्धान गरिरहेको छ ।दुर्घटनाका कारण मियागी प्रान्तको कुरिहारा सहरको वाकायानागी कन्नारी इन्टरचेन्जको बीचको आउटबाउन्ड लाइन र तोहोकु एक्सप्रेसवेमा रहेको इवाते प्रान्तको इचिनोसेकी इन्टरचेन्ज यातायातका लागि बन्द छ।
स्थानीय प्रशासनका अनुसार पुलिस र स्थानीय अग्निनियन्त्रक विभागले स्थितिको अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?