मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए सात वर्ष कैद, ७० हजार जरिवाना

-


     जनहित न्युज    
     वैशाख २२ गते २०८०


मिटरब्याजीलाई सात वर्षसम्म कैद सजाय हुने भएको छ।

कानुन विपरित गएर तोकिएभन्दा बढी ब्याज लिएको खण्डमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भएको हो। सरकारले नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई थप सजाय गरेको अध्यादेश राजपत्रमार्फत सार्वजनिक गरिएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ‘ क’ मा सजायको व्यवस्था गरिएको छ। अनुचित लेनदेन गर्न नहुने भन्दै व्यवस्था गरिएको छ। यदि गरिएको खण्डमा सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवान हुने भनिएको हो। त्यस्तै ऋण असुलीका लागि कुनै पनि धाकधम्की दिन नहुने भनिएको छ।

मिटरब्याज पीडितहरु बढ्दै गएपछि सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो।

मुलुकी-संहिता-सम्बन्धी-केही-नेपाल-ऐनलाई-संशोधन-गर्ने-अध्यादेश-२०८०-अरि-२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?